पोखरा । वडा प्रहरी कार्यालय बैदाम, पोखराको नव निर्मित प्रहरी ब्यारेक, मेस र थुनुवा कक्षको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले विहीबार एक कार्यक्रमका बीच समुदाय स्तरको सहयोगमा समेत निर्मित सो कक्षको उद्घाटन गरेका हुन् ।
समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न अहोरात्र तल्लीन रहने नेपाल प्रहरीको भौतिक पूर्वाधारहरुको अभावलाई महशुस गर्दै आम नागरिकहरुको सक्रियतामा भवन निर्माण समिति गठन गरी विभिन्न सहयोगी हातहरुको माध्यमबाट सहयोग जुटाई उक्त प्रहरी भवन निर्माण कार्य सम्पन्न भएको हो । नयाँ संरचना कूल २५ लाख ५० हजार लागतमा तयार भएको हो ।

डिआईजी बोहराले भवन निर्माणका सहयोगी हातहरु प्रति आभार व्यक्त गर्दै अपराध नियन्त्रण गरी समृद्ध समाज निर्माणका लागि खटिने नेपाल प्रहरीका लागि आम नागरिकबाट हुने यस्ता सहयोगहरुले कार्यसम्पादनमा मनोबल बढाउन अतुलनिय भुमिका निर्वाह गर्ने बताए ।
त्यस्तै, वडा प्रहरी कार्यालय वैदाम कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले देशकै एक प्रमुख पर्यटकीय स्थल पोखराको सुरक्षा जिम्मेवारी पाएको वडा प्रहरी कार्यालय वैदाम कास्कीमा प्रहरी कर्मचारीका लागि उपयुक्त व्यारेक र मेश नभएको दयनिय अवस्थालाई मध्यनजर गर्दै उक्त भवन निर्माण कार्यको थालनी गरिएको बताउदै यसमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

उक्त भवन निर्माणका लागि स्थानिय समाजसेवी हिरु पुन र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका निवर्तमान अध्यक्ष भिम पराजुलिको नेतृत्वमा निर्माण समिति गठन गरिएको थियो । कार्यक्रममा डिआईजी बोहराले भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ती तथा प्रहरी कर्मचारीलाई कदर पत्रले सम्मान गरे ।

कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, ४ नं.प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की, ४ नं. प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, विभिन्न सामुदायिक सेवा केन्द्रका प्रमुख एंव पदाधिकारी, आमा समूहका पदाधिकारी, नागरिक समाज, पर्यटन व्यवसायिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो