मुस्ताङमा आन्तरिकका साथै विदेशी पर्यटक पनि बढे

मुस्ताङमा आन्तरिकका साथै विदेशी पर्यटक पनि बढे

g1

सुन्दरकुमार थकाली, मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा आन्तरिक पर्यटकको साथ साथै बिदेशी पर्यटकको संख्यामा समेत उक्तिकै बृद्धि भएको पाईएको छ । चालु वर्षको नोभेम्बर र डिसेम्बर महिना बाँकी रहदाँ साविक वर्षकै अनुपातमा बिदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना(एक्याप) जोमसोम कार्यालयले जनाएको छ ।

गत वर्ष ५२ हजार ४ सय ७५ पर्यटक मुस्ताङ भित्रिएका थिए ।चालु वर्षको अक्टोबर तारिख सम्म मुस्ताङमा ५१ हजार ९ सय २५ बिदेशी पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण आयोजना जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए ।कार्यालय प्रमुख दाहालको आकलन अनुसार गत वर्ष भन्दा यस वर्ष २० प्रतिशतले बिदेशी पर्यटक बृृद्धि हुने अनुमान गरे ।

चालुवर्षको जनवरीमा ७ सय २५,फेब्रुअरीमा १ हजार २ सय ३७,मार्चमा ५ हजार ६ सय ३५,अप्रिलमा ९ हजार ६ सय १५,मेमा १३ हजार ९ सय ९८,जुनमा ४ हजार ५ सय ३९,जुलाई १ हजार ८ सय २२,अगस्तमा २ हजार १ सय २२,सेप्टेम्बरमा ५ हजार ७२ र अक्टुबरमा ७ हजार १ सय ८० बिदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

यस्तै,सन् २०१७ को जनवरीमा ६ सय २७,फेब्रुअरीमा १ हजार २ सय ३२,मार्चमा ४ हजार १ सय १०,अप्रिलमा ८ हजार ८ सय ९३,मेमा ९ हजार ८ सय १५,जुनमा ४ हजार ४ सय १८,जुलाईमा १ हजार ८ सय ३,अगस्तमा २ हजार १७,सेप्टेम्बरमा ३ हजार ८ सय ९४,अक्टुबरमा ७ हजार ९ सय ५३,नोभेम्बरमा ५ हजार ८ सय ४६,डिसेम्बरमा १ हजार ८ सय ६७ बिदेशी पर्यटक भित्रिएका थिए ।

सन् २०१७ मा सबै भन्दा बढी पर्यटक मे तारिखमा आएका थिए ।त्यस समय ९ हजार ८ सय १५ बिदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।यसवर्ष पनि मे तारिखमा गत वर्षको मे भन्दा बढी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।चालू मे तारिखमा १३ हजार ९ सय ९८ बिदेशी पर्यटक भित्रिएको हो ।यो संख्या करिव ४५ प्रतिशतले बृद्धि भएको हो ।यस्तै,गत वर्षको जनवरी तारिखमा जम्मा ६ सय २७ बिदेशी पर्यटक भित्रिएका थिए भने चालू वर्ष पनि ७ सय २५ पर्यटक भित्रिएका थिए ।यो संख्या सन् २०१७ र ०१८ कै जनवरी तारिखको कम पर्यटक भित्रिएको महिना हो ।हिउदयामको मौसम अत्यधिक चिसो हुने भएकाले आन्तरिक पर्यटकका साथै बिदेशी पर्यटकको सख्यामा समेत कमी भएको पर्यटन सहायक बेल पुनले बताए ।

तस्विरःअन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमका पर्यटन सहायक बेल पून

मुस्ताङ भित्रिएका बिदेशी पर्यटकले उपल्लो मुस्ताङको समेत भ्रमण गर्ने गरेका छन् ।सन् २०१७ मा ४ हजार १ सय १५ बिदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका थिए ।यसवर्षको अक्टोबर सम्ममा ३ हजार ५ सय ४८ बिदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएको पर्यटन सहायक बेल पुनले बताए ।एक्यापको तथ्याङक अनुसार साविक वर्षकै संख्यामा बिदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गर्ने पूनको दावी छ ।नेपाल सरकार अध्यागमन बिभागले निषेधित तथा नियन्त्रित क्षेत्रमा बिदेशी पर्यटकलाई प्रबेश शुल्क ५ सय अमेरिकी लिने गरेको छ ।यसरी प्रबेश शुल्क लिएर गएका बिदेशी पर्यटकलाई अध्यागमन बिभागले १० दिन घुम्ने अनुमति प्रदान गर्दै आएको छ ।

राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै बिदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।लमजुङको बेशी सहर देखि यात्रा सुरु गरेका पर्यटक थ्रोरङ्लापास गर्दै मुस्ताङ प्रबेश गर्छन् ।यसवर्ष १३ हजार ७ सय ५७ बिदेशी पर्यटक थ्रोरङ्लापास हुँदै मुस्ताङ भित्रिएको पर्यटक सहायक पूनले बताए ।

जनवरीमा ३ सय ५,फेब्रअरी ४ सय १२,मार्च १ हजार ७ सय ५५,अप्रिल ३ हजार २ सय १,मे १ हजार ९ सय ५२,जुन ३ सय ८५,जुलाई ३ सय ५९,अगस्त ५ सय ९,सेप्टेम्बर १ हजार १ सय १४ र अक्टोबर तारिखमा ३ हजार ७ सय ५७ बिदेशी पर्यटक मनाङ हुँदै मुस्ताङ प्रबेश गरेका हुन् ।

बिदेशी पर्यटकलाई घुमफिरको सन्तूलित मौसम भएकाले अक्टोबर तारिखमा अन्य महिना भन्दा तीन तिहाईले बृद्धि भएको हो ।तर,राउण्ड अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने कतिपय बिदेशी पर्यटक तिलिचो ताल सम्म फर्कने गरेको पाईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बयरघारी रमाइलो मेला हुने
महेन्द्रपुल यु २३ बास्केटबल सुरु
बदली र वर्षाको सम्भावना

ट्रेन्डिङ