पोखरा, १६ कार्तिक । जन्मदिनमा साथीभाइ भेट गरी केक काट्दै रमाईलो गर्ने प्रचलन छ । तर, विद्यार्थी नेता बिनोद भण्डारीले आफ्नो जन्मदिन भिन्न तबरले मनाएका छन् । जनप्रिय बहुमुखी क्याम्पसका अनेरास्ववियू नेता भण्डारीले बालबालिकासँग आफ्नो जन्मदिन मनाए ।
पोखरा बाटुलेचौर स्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आश्रित बालबालिकालाई स्टेशनरी र खेलकुदका सामाग्री वितरण गर्दै आश्रममा खाद्यान्न प्रदान गरे ।
शारदा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू कास्की जिल्ला कमिटि (भूगोल) अध्यक्ष शेखर गौतमले विद्यार्थीहरु रचनात्मक हुनुपर्ने बताए । उनले युवाहरुले आफ्नो जन्मदिनमा खाएर र रमाईलो गरेर सक्ने पैसा यसरी बालबालिकाको शिक्षा र जीवनयापनमा सहयोग गर्न सके त्यो नमुना कार्य हुने बताए ।
स्थानीय समाजसेवी बसन्त तिमिल्सिनाले यसरी जन्मदिन मनाउँदा बालबालिकाका लागि सहयोग पुगेको बताए । अनेरास्ववियू जनप्रिय बहुमुखी क्याम्पस कमिटि सचिव गोविन्द महतले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी नेताहरु रोशन भट्टराई, हरि अछामी, सागर शर्मा, आविष्कार केसी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा