नेगम परियार, मनाङ । प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक दृष्टिबाट नेपाल विश्वकै एक प्रमुख पर्यटकीय गन्तब्य हो । पर्यटन क्षेत्रको विकास तथा सो बाट प्राप्त लाभ जनस्तरमा पुराउन पर्यटकीय गन्तब्यहरुको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थलहरु र उपजहरुको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गरि पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्न जरुरी छ ।

सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।
नेपाल सरकारबाट घोषित आ.व..२०७५/७६ को बजेट वक्तब्यको बुँदा नं.११४ मा नेपालको पर्यटन प्रबद्र्धनको लागि नयाँ गन्तब्य पहिचान तथा बिकास गर्न नेपाल सरकार संस्कुति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालयले प्रेस बिज्ञप्ति निकाली पर्यटकीय क्षेत्रहरुको पहिचान गरेको छ ।
सोहि अनुरुप चालु आर्थिक वर्षमा यस मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रममा प्रमुख पर्यटकीय गन्तब्य स्थापित गर्न आवश्यक पूर्वाधार बिकास कार्यक्रम रहेको समेत मन्त्रालयले जनाएको छ ।
पहिचान गरिएको नयाँ पर्यटकीय गन्तब्यहरुको नयाँ बिकास गर्नुपर्ने गन्तब्यहरुमा चालु आर्थिक बर्षमा बिनियोजित बजेटबाट बाँडफाँड गरिने र अतिरिक्त थप प्रचार प्रसार गरी प्रबद्र्धन गरिने संस्कुति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालयको प्रेस विज्ञप्तिमा रहेको छ ।
१०० मा मनाङको तिन स्थान
मनाङ जिल्लाको नयाँ पर्यटकीय क्षेत्रहरुमा तिन स्थानहरु परेको छ । नेपाल सरकार संस्कुति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालयले छनोट गरे अनुसार तिलिचो ताल, अन्नपूर्ण पदमार्ग, नाफू ट्रेयल (सेभेन पास ट्रेयल ) गरि यी तिन स्थानहरु परेको छ ।
समुन्द्र सतह देखि अधिकतम ८१६३ मिटर र न्यूनतम १८८० मिटर सम्मको रहेको यस मनाङ जिल्लाको नयाँ तिन वटा पर्यटकीय गन्तब्यहरु छनोटमा परेको हो । यस क्षेत्रमा करिब १८ वटा धार्मिक तथा पर्यटकीय स्थलहरु भएता पनि यस वर्ष मन्त्रालयले तिन वटा मात्र पर्यटकीय क्षेत्र तथा स्थान छनोट गरेको छ ।

मनाङ जिल्लाको कुल २,२४,६०० हेक्टर क्षेत्रफलमा फैलिएको यस मनाङ जिल्ला सानो र थोरै जनसंख्या भएको जिल्लाको रुपमा पनि परिचित छ । यस जिल्लामा २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ६,५३८ रहेको छ । मनाङ जिल्लामा चार गाउँपालिका रहेको छ ।
मनाङ जिल्ला बाट परेका तिन पर्यटकीय गन्तब्यहरु कुन कुन हुन त ?
तिलिचो ताल
पर्यटकीय गन्तब्य पर्न सफल यस मनाङ जिल्लाको तिलिचो ताल मुख्य पर्यटकीय स्थल हो । तिलिचो ताल विश्वकै अग्लो स्थानमा रहेको यस तिलिचो तालको उचाई ४९१९ मिटर रहेको छ ।

अन्नपूर्ण पदमार्ग
अन्नपूर्ण पदमार्ग यो पदमार्ग बिश्वकै उत्कृष्ट र पर्यटकहरुको रोजाईमा पर्ने पदमार्ग हो । यस पदमार्ग लमजुङ जिल्लाको बेशिसहर बाट सुरु भई मनाङ जिल्ला पास गर्दै मनाङ जिल्लाको थोरङगला पास गरेर मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर पुगिन्छ ।

साथै मनाङ जिल्लाको अन्नपूर्ण पदमार्गबाट गोर्खाको मनास्लु पदमार्ग तर्फ जान पनि सकिन्छ । यस क्षेत्रमा पर्यटकहरु पदमार्ग बाट बढी आउने गर्छन । सडक मार्ग खुलेता पनि यस जिल्लामा आउने पर्यटकहरु पैदल यात्रा गर्न मै रुचाउने गरेको पाईन्छ । अन्नपूर्ण पदमार्ग र्मस्याङदी नदीको किनारै किनारको मार्ग हो ।
नार्फु ट्रेयल (सेभेन पास ट्रेयल)
नार्फू गाउँ दुई गाउँ जस मध्ये नार र फू गाउँ गरि दुई गाउँ रहेको छ । हाल नार्पाभूमी गाउँपालिका भएको उक्त क्षेत्र पनि मनाङ जिल्लाको पर्यटकीय क्षेत्र हो । यस नार्फू ट्रेयलबाट पनि गोर्खाको मनास्लु पदमार्ग जान सकिने पदमार्ग रहेको छ ।

यस नार्फू अर्थात नार्पाभूमि गाउँपालिकाबाट चिनको तिब्तसंगको सिमाना रहेको छ । त्यस्तै नार्पाभूमि गाउँपालिकाबाट काङगला पास गरि मनाङ निस्कने पैदलमार्ग रहेको छ । सोहि पदमार्गलाई नै सेभेन पास ट्रेयल हो । यस नारफू गाउँमा अति राम्रो यार्चागुम्बा पाईन्छ । यो क्षेत्र यार्चागुम्बाले पख्यात गाउँ हो ।

यी तिन पर्यटकीय गन्तब्य छनोटमा परेता पनी यस्ता पर्यटकहरुको रुचाई र पर्यटकहरुलाई लोभ्याउने पर्यटकीय गन्तब्यहरु मनाङ जिल्लामा प्रसस्त मात्रामा छन । जस्तै : गंगापूर्ण ताल , लम्जुङ बेस क्याप्प, पिसाङ पिक, तारे गुम्बा, हिमश्रृङखला लागाएत थुप्रै यस्ता पर्यटकहरुको लागी रमणीय स्थानहरु छन ।
अब यी तिन क्षेत्रको छनोट पश्चात अन्य पर्यटकीय गन्तब्यहरुको पनि राम्रै प्रचारप्रसार तथा अन्य पर्यटकीय स्थलहरुमा पनि पर्यटकहरु बढन सक्ने देखिन्छ ।
कुन जिल्लामा कुन नयाँ गन्तब्य ?
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” url=”http://gandaknews.com/wp-content/uploads/2018/11/100-destinations.pdf” /]
सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?