श्यामशितल परियार,लमजुङ । लमजुङमा पहिलो पटक पालिकास्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ लमजुङको आयोजनामा आउँदो मंसिर दोश्रो साता भलिवल प्रतियोगिता हुन हुने भएको हो ।
प्रतियोगिता आउँदो मंसिर १४ देखि १६ गतेसम्म बेसीशहरको फुलबारी मञ्चमा सञ्चालन हुनेछ । बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो जानकारी गराइएको हो । प्रतियोगितामा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहका खेलाडीको सहभागिता रहनेछ ।
जिल्ला भलिवल संघ लमजुङका अध्यक्ष दिवाकर बरालले जिल्लामै पहिलो पटक सञ्चालन हुन लागेको पालिकास्तरिय भलिवल प्रतियोगिताले भलिवल खेलको विकास गर्न सहयोग पुग्ने उल्लेख गरेका छन । उनका अनुसार पछिल्लो समय भलिवल खेलमा युवाहरुको आकर्षण बढ्दो छ ।
प्रतियोगिताले लुकेर बसेका खेल प्रतिभालाई उजागर गर्न सहयोग पुर्याउने समेत उनले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् ।
सान्त्वना स्वरुप दुई खेल समूहलाई भने नगद १०/१० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?