परम्परा जोगाउन दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा देउसी भैलो प्रतियोगिता (फोटो फिचर)

परम्परा जोगाउन दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा देउसी भैलो प्रतियोगिता (फोटो फिचर)

ABIT3

तनहुँ । हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहारका अवसरमा देउसी भैलो खेल्ने परम्परा रहको छ । विगतमा महिलाहरुले औंसीको दिनमा भैलो र पुरुषहरुले त्यसको भोलीपल्ट देउसी खेल्ने प्रचलन थियो ।

समाज रुपान्तरण भएसँगै हिजोआज महिला पुरुष मिलेर देउसी भैलो खेल्दै हिड्ने गरेका छन् । सांस्कृतिक महत्वको यो पर्वलाई जोगाइ राख्न व्यास नगरपालिका वडा नम्बर १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा आइसिटी अध्यान गर्ने विध्यार्थिहरुको क्लब एबिआइटी क्लबको आयोजनामा उक्त प्रतियोगिता भएको हो ।

क्याम्पसमा रहेका विद्यार्थीहरु बाट ९ वटा समुहले उक्त प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा उत्कृष्ठ देउसी भैलो प्रस्तुत गर्दै कक्षा १२ व्यवस्थापन समुहका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेका छन् ।

दोस्रोमा बिएड तेस्रो वर्ष विज्ञान समुह र तेस्रो कक्षा १२ कै गणित र विज्ञान समुह भएका छन् । प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगदसहित सम्मान गरिएको आयोजक एबिआइटी क्लबका अध्यक्ष सुजन गिरिले जानकारी दिए ।

तिहारको मौलिकता जोगाउन क्याम्पसमा देउसी पहिलो पटक गरिएको अध्यक्ष गिरिले बताए । क्याम्पसको अतिरिक्त क्रियाकलाप कायम राख्न लाई समेत कार्यक्रमको आयोजना गरिएको उनले बताए । विजेताहरु लाई क्रमश: ५ हजार, ३ हजार र २ हजार पुरस्कार दिइएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले सांस्कृतिक परम्परा जोगाउन क्याम्पस स्तरबाटै यस्ता खालका क्रियाकलाप गर्नुपर्नेमा जोड दिएका छन् । आफ्नो विद्यार्थि अवस्थाको याद दिलाएको समेत उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ