श्यामशितल परियार, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सोचेजस्तो विकास गर्न नसकेको बताएका छन । पर्याप्त स्रोत–साधनको कमीका साथै स्थानीय, प्रदेश र संघीय सरकार बीच आपसी समन्वय नहुँदा सरकारले सोचेजस्तो विकास गर्न नसकेको बताए ।
लमजुङको सुन्दरबजार ६ खत्रीठाँटीमा सञ्चालित दोस्रो खत्रीठाँटी खुल्ला रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले समस्याको हल गर्न सरकार लागिपरेको समेत उल्लेख गरेका छन ।
‘स्रोतसाधनको कमीका साथै स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नहुँदा सोचेजस्तो विकास हुन सकेको छैन । निकट भविष्यमै यो समस्या समाधान हुन्छ,’ उनले थपे । फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्ग अन्य जिल्लामा विवाद नभएको बताए ।
लमजुङमात्रै विवाद रहेकाले सडक निर्माण कार्य ढिलाइ भएको बताए । मध्यपहाडी लोकमार्गलाई भाग्यका र अवसरको रुपमा लिन उनले स्थानीयलाई आग्रह गरेका छन । ‘भाग्य र अवसर सधैँ आउँदैन । विवाद गरी लोकमार्ग अघि बढ्न नदिनु विकासलाई वर्षौ पछाडि धकेल्नु हो ।
त्यसैले सुन्दरबजारबासी भाग्य छोप्नतर्फ लाग्नुपर्छ,’ उनले भने । स्थानीय आपसमा मिलेर नआए सरकारले बल प्रयोग गरेर पनि लोक मार्ग निर्माण कार्य अघि बढाउन सक्ने बताए ।
स्थानीय जनशक्ति युवा क्लवले आयोजना गरेको प्रतियागिताको फाईनलमा आयोजक टिमलाई ३–२ गोल अन्तरले हराउँदै कोईरालाफाँट यूवा क्लव कोईरालाफाँटले उपाधी जितेको छ । विजयी टिमले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेता टिमले नगद ५० हजार, मेडल र प्रमाणपत्र पाएको छ । लुकेर बसेका खेल प्रतिभाको उजागर गर्न प्रतियोगिता सञ्चालन गरिएको आयोजक क्लवका अध्यक्ष नवीनकुमार श्रेष्ठले बताए । प्रतियोगीतामा २७ टिम सहभागी थिए । खेल सञ्चालनमा सहयोग पुर्याउने विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थालाई आयोजकले सम्मानित गरेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?