श्यामशितल परियार, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सोचेजस्तो विकास गर्न नसकेको बताएका छन । पर्याप्त स्रोत–साधनको कमीका साथै स्थानीय, प्रदेश र संघीय सरकार बीच आपसी समन्वय नहुँदा सरकारले सोचेजस्तो विकास गर्न नसकेको बताए ।
लमजुङको सुन्दरबजार ६ खत्रीठाँटीमा सञ्चालित दोस्रो खत्रीठाँटी खुल्ला रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले समस्याको हल गर्न सरकार लागिपरेको समेत उल्लेख गरेका छन ।
‘स्रोतसाधनको कमीका साथै स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय नहुँदा सोचेजस्तो विकास हुन सकेको छैन । निकट भविष्यमै यो समस्या समाधान हुन्छ,’ उनले थपे । फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्ग अन्य जिल्लामा विवाद नभएको बताए ।
लमजुङमात्रै विवाद रहेकाले सडक निर्माण कार्य ढिलाइ भएको बताए । मध्यपहाडी लोकमार्गलाई भाग्यका र अवसरको रुपमा लिन उनले स्थानीयलाई आग्रह गरेका छन । ‘भाग्य र अवसर सधैँ आउँदैन । विवाद गरी लोकमार्ग अघि बढ्न नदिनु विकासलाई वर्षौ पछाडि धकेल्नु हो ।
त्यसैले सुन्दरबजारबासी भाग्य छोप्नतर्फ लाग्नुपर्छ,’ उनले भने । स्थानीय आपसमा मिलेर नआए सरकारले बल प्रयोग गरेर पनि लोक मार्ग निर्माण कार्य अघि बढाउन सक्ने बताए ।
स्थानीय जनशक्ति युवा क्लवले आयोजना गरेको प्रतियागिताको फाईनलमा आयोजक टिमलाई ३–२ गोल अन्तरले हराउँदै कोईरालाफाँट यूवा क्लव कोईरालाफाँटले उपाधी जितेको छ । विजयी टिमले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेता टिमले नगद ५० हजार, मेडल र प्रमाणपत्र पाएको छ । लुकेर बसेका खेल प्रतिभाको उजागर गर्न प्रतियोगिता सञ्चालन गरिएको आयोजक क्लवका अध्यक्ष नवीनकुमार श्रेष्ठले बताए । प्रतियोगीतामा २७ टिम सहभागी थिए । खेल सञ्चालनमा सहयोग पुर्याउने विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थालाई आयोजकले सम्मानित गरेको छ ।
सम्बन्धित खबर
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु