पोखरा, २३ कार्तिक । पोखराको बिग एफएमले दोस्रो ठूलो चाड तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ यस वर्ष पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।
कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम शो आज २२ गते गोबद्र्धन पुजासम्म चल्यो । तीन दिनसम्म सहभागिता जनाएका दर्जन बढीले ५६ हजार बढी जिते ।
गेम शोमा अन्तिम दिन मुग्लिनका थमन थापा एक्लैले अधिकतम २० हजार जिते । झलक खत्रीले २ हजार, नन्द बहादुर गुरुङले १ हजार र रोशनी गुरुङले ५ सय जिते । दोस्रो दिन सिता गुरुङले १२ हजार, रमिला भुषालले १० हजार, शान्ति गौतमले ५ हजार र गोरखा मनकामनाका बिबेश थापा मगरले ५ सय जितेका थिए ।
पहिलो दिन सुनिता भुषालले ३ हजार र हिमलाल सुवेदीले २ हजार जितेका थिए । राजेश खड्का ५० रुपैंया र प्रतिमा सारु मगरले ५ रुपैंयामा चित्त बुझाउनु पर्यो । हरेक दिन साँझ ७ बजेदेखी ९ बजेसम्म गेम शो सञ्चालन भएको कार्यक्रम सञ्चालक कमल थापाले बताए ।
एकजनाले अधिकतम २० हजार रुपैँया सम्म जित्न सक्नेथिए । यस बर्ष पोखरा सस्तो बजार, पृथ्वीचोकले सहकार्य गरेको हो । पृथ्वीचोक स्थित पोखरा सस्तोबजारमा तिहारको अवसरमा पाँच सय भन्दा बढीको सामानको खरिदमा उपहार कुपन प्राप्त गर्न सकिनेछ । सञ्चालकका अनुसार सीमित सटर बुकिङ पनि खुल्ला गरिएको छ । पोखरा सस्तोबजारमा नुनदेखि सुनसम्मका सामानहरु सुपथ मूल्यमा पाउन सकिन्छ ।
तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ । यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो