काठमाडौं । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ आगामी २५ माघ (भ्यालेनटाइम डे)बाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मको फस्टलुक सहित प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
सार्वजनिक फष्टलुकमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन् । फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । आशिष मोडलिङबाट अभिनयमा भित्रिएका हुन्, भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् ।

रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् । फिल्मको निर्देशन मुस्कान ढकालले गरेका छन् । उनले यसअघि ‘नाइँ नभन्नू ल’ सिरिजको तेस्रो भाग निर्देशन गरेका थिए । फ्लोरमा गएको लगभग एक वर्षपछि फिल्म हलमा आउन लागेको हो ।
निर्देशक ढकालले विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।
सम्बन्धित खबर
नवौं संस्करणको वालिङ महोत्सव सुरु
नवौं चरणको वालिङ महोत्सव आजदेखि
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो