नेगम परियार, मनाङ । हिमाल पारीको जिल्ला मनाङको शान्त्ति सुरक्षालाई मध्य नजर राख्दै जिल्लामा पुन: सशस्त्र प्रहरी राखिएको छ । गत असोज २१ गते बाट मनाङ जिल्लामा सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. मनाङ नं. ३२ गुल्मको स्थापना गरिएको हो ।

पहिले पनि सशस्त्र प्रहरी जिल्लाको सदरमुकाम चामेमा रहेको तर जनशक्तिको अभावका कारण जिल्लाबाट सशस्त्र प्रहरी विगठन भएको थियो । नेपाल सरकार सशस्त्र प्रहरी बल नेपाल गुल्म हेटक्वाटरको निर्देशन अनुरुप हरेक जिल्लामा सशस्त्र प्रहरी बल हुनै पर्ने नियम झारी भए पछि मनाङ जिल्लामा पनि सशस्त्र प्रहरी बल स्थापना गरिएको हो ।
हाल मनाङको चामे गाउँपालिका वडा नं.३ माडा स्थित भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, सम्पर्क ईकाई कार्यालय चामे मनाङको ६ रोपनी जग्गामा अस्थाई रुपमा गुल्म स्थापना गरिएको छ ।
अब हेडक्वाटरको निर्देशन अनुसार मनाङ जिल्लामा उपयुक्त जमिनको अवलोकन गरि सोहि ठाउँमा स्थाई रुपमा राखिने सशस्त्र प्रहरी निरिक्षक दिनेश पाठकले बताए । अर्को व्यवस्था नहुनजेल सम्म चामेकै हाल बसि रहेको स्थानमै बसी सेवा दिने पाठकले बताए ।
पाठकका अनुसार दशै तिहारमा विशेष सुरक्षा दिईएको र रातीको समय र दिनको समय मिलाएर विभिन्न ठाउँहरुमा टोली टोली मिलाएर गस्ती भैरहेको र जिल्लाको शान्त्ति सुरक्षालाई तिब्रता दिईएको पाठकले बताए । जिल्ला भित्र उपयुक्त स्थानमा जग्गा छनोट भए पछि जिल्ला भित्र जुनसुकै स्थानमा पनि गुल्म रहन सक्ने सशस्त्र प्रहरी निरिक्षक दिनेश पाठकले बताए
सम्बन्धित खबर
मनाङमा एउटा एम्बुलेन्ससमेत छैन
हिसान फुटसलमा गुरुकुल र कास्की मोडनाइज फाइनलमा
सहारा युकेका महासचिव गुरुङको सहारा आ.वि.मा सहयोग
द आर्ट अफ लिभिङद्वारा कैदीबन्दीलाई योग ध्यान र ज्ञानसम्बन्धी निःशुल्क तालिम
चिप्ली गाउँमा फागुन १३ देखि महाशिवरात्री मेला
पोखरा १४ र २६ जोड्ने सडक निर्माण शुभारम्भ
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर