श्यामशितल परियार, लमजुङ । लमजुङका बालबालिकाले देउसी–भैलो खेली संकलन भएको पैसा द्धन्द्धपीडित बालबालिकालाई प्रदान गरेका छन् । बेसीशहर नगरपालिका–२, भकुण्डे ज्यामिरेका बालबालिकाहरुले तिहारमा देउसी–भैलो खेली संकलन भएको रकम बेसीशहरमै रहेको आदर्श महिला तथा बाल विकास केन्द्रमा रहेका द्धन्द्धपीडित बालबालिकाहरुलाई प्रदान गरेका हुन् ।
तिहारमा देउसी–भैलो खेलेर जम्मा भएको १९ हजार १ सय ८० रुपैयाँ बाल विकास केन्द्रलाई प्रदान गरिएको देउसी–भैलो समूहका युजन धितालले बताए । उनका अनुसार १२ जना बालबालिकाको एक समूहले भैलो खेलेको हो ।
‘परम्परागत रुपमै देउसी–भैलो खेलेर जम्मा भएको पैसा अन्य प्रयोजनमा खर्च गर्न मन भएन । संकलित पैसा सामाजिक सेवामा खर्च गर्नु उत्तम हो भन्ने लाग्यो । त्यसैले भैलो खेली उठेको पैसा द्धन्द्धपीडित बालबालिकाहरुलाई प्रदान गर्यौँ,’ उनले थपे ।
संकलित पैसा बालबालिकालाई प्रदान गर्न पाउँदा खुशी मिलेको देउसी–भैलो समूहकी सुजा थापाले बताइन । उनका अनुसार यस समूहले अघिल्लो वर्ष देउसी–भैलो खेली जम्मा भएको १४ हजार ७ सय ३० रुपैयाँ पनि द्धन्द्धपीडित बालबालिकाहरुलाई नै सहयोग गरेको थियो ।
देउसी–भैलो समूहकी करुणा धितालका अनुसार समूहले विगत ४ वर्षदेखी देउसी भैलोबाट संकलन भएको रकम आदर्श महिला तथा बाल विकास केन्द्रलाई सहयोगस्वरुप प्रदान गर्दै आईरहेको छ । बालबालिकाहरुले भैलो खेली उठेको पैसा द्धन्द्धपीडित बालबालिकालाई सहयोग गरी एउटा राम्रो सन्देश दिएको भन्दै बेसीशहर नगरपालिका वडा नं २ का वडाध्यक्ष गणेश कडेँलले खुशी व्यक्त गरेका छन ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान