श्यामशितल परियार, लमजुङ । अहिले प्राय: देशका सबै गाउँ–बस्तीमा बिजुली पुगेको छ । गाउँबस्ती झिलीमिली छन् । तर उज्यालोका लागि लमजुङको चेपाङबस्तीका बासिन्दा भने टुकीकै सहारा लिन बाध्य छन् ।
आँगन अगाडि नै ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशय छ । तर नजिकै रहेको बेसीशहर नगरपालिका वडा नं ११ बरवोटमा रहेको चेपाङबस्तीका केही घर अझै अन्धकारमा छन् ।
गाउँ नजिकैका सबै घर उज्यालो भएपनि आफुहरु अन्धकारमा बस्न बाध्य भएको चेपाङबस्तीकी ५७ वर्षिया डिलमाया चेपाङले बताइन । ‘बिजुली किन्ने पैसा छैन । छिमेकीको घरबाट बिजुली ल्याउन दिंंदैनन् । अन्धकारमै बस्नुपरेको छ,’ उनले भनिन ।

आर्थिक अवस्था कमजोर रहेको चेपाङबस्तीका बासिन्दाले अध्याँरोमा नै जीवन बिताउनुपरेको स्थानीय अमृता चेपाङले बताइन । ‘चेपाङ वस्तीका नागरिकको बिजुली बालेर घर–आँगन उज्यालो बनाउने सपना बर्षौदेखि पुरा हुन सकेको छैन,’ उनले अघि थपिन ।
पछिल्लो समय जिल्लामा थुप्रै जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् । मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाले २०६५ सालबाट विद्युत उत्पादन सुरु गरेको हो । यस आयोजनाको बाँधस्थल चितीमै पर्छ । बाँधस्थलबाट सबैभन्दा नजिकको गाउँ हो, चितीको बरबोट । लमजुङमा २०५३ सालमा सामुदायिक विद्युतीकरण सुरु गरिएको हो ।
२०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाले हाल लमजुङ र तनहुँ गरी २८ हजार भन्दा बढि ग्राहकलाई विद्युत वितरण गरिरहेको छ । बरबोटमा रहेका चेपाङवस्तीको १० घर मध्ये ३ घरले बिजुली जडान गरेका छन् । बाँकी ७ घर अझै अन्धकारमै रहेको स्थानीय कोपीला चेपाङले बताइन ।
उनका अनुसार चेपाङ समुदायमा केही हुनेखानेले मात्रै बत्ती बालेका छन् । आर्थिक अवस्था कमजोर भएकाले टुकीकै सहारा लिएका छन् । लमजुङको चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको कुल १४ घर रहेको छ ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु