श्यामशितल परियार, लमजुङ । अहिले प्राय: देशका सबै गाउँ–बस्तीमा बिजुली पुगेको छ । गाउँबस्ती झिलीमिली छन् । तर उज्यालोका लागि लमजुङको चेपाङबस्तीका बासिन्दा भने टुकीकै सहारा लिन बाध्य छन् ।
आँगन अगाडि नै ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशय छ । तर नजिकै रहेको बेसीशहर नगरपालिका वडा नं ११ बरवोटमा रहेको चेपाङबस्तीका केही घर अझै अन्धकारमा छन् ।
गाउँ नजिकैका सबै घर उज्यालो भएपनि आफुहरु अन्धकारमा बस्न बाध्य भएको चेपाङबस्तीकी ५७ वर्षिया डिलमाया चेपाङले बताइन । ‘बिजुली किन्ने पैसा छैन । छिमेकीको घरबाट बिजुली ल्याउन दिंंदैनन् । अन्धकारमै बस्नुपरेको छ,’ उनले भनिन ।

आर्थिक अवस्था कमजोर रहेको चेपाङबस्तीका बासिन्दाले अध्याँरोमा नै जीवन बिताउनुपरेको स्थानीय अमृता चेपाङले बताइन । ‘चेपाङ वस्तीका नागरिकको बिजुली बालेर घर–आँगन उज्यालो बनाउने सपना बर्षौदेखि पुरा हुन सकेको छैन,’ उनले अघि थपिन ।
पछिल्लो समय जिल्लामा थुप्रै जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् । मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाले २०६५ सालबाट विद्युत उत्पादन सुरु गरेको हो । यस आयोजनाको बाँधस्थल चितीमै पर्छ । बाँधस्थलबाट सबैभन्दा नजिकको गाउँ हो, चितीको बरबोट । लमजुङमा २०५३ सालमा सामुदायिक विद्युतीकरण सुरु गरिएको हो ।
२०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाले हाल लमजुङ र तनहुँ गरी २८ हजार भन्दा बढि ग्राहकलाई विद्युत वितरण गरिरहेको छ । बरबोटमा रहेका चेपाङवस्तीको १० घर मध्ये ३ घरले बिजुली जडान गरेका छन् । बाँकी ७ घर अझै अन्धकारमै रहेको स्थानीय कोपीला चेपाङले बताइन ।
उनका अनुसार चेपाङ समुदायमा केही हुनेखानेले मात्रै बत्ती बालेका छन् । आर्थिक अवस्था कमजोर भएकाले टुकीकै सहारा लिएका छन् । लमजुङको चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको कुल १४ घर रहेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?