श्यामशितल परियार, लमजुङ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलको माध्यमबाटै गण्डकी प्रदेशलाई समृद्धि बनाउने सरकारको योजना रहेको बताइन । प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष महत्व दिएको समेत उनले उल्लेख गरिन ।
‘गण्डकी प्रदेश सरकारले तीन हिसावले खेललाई महत्व दिएको छ । खेलको माध्यमबाटै स्वस्थ र अनुशासित नागरिक तयार गर्ने, गण्डकी प्रदेशलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गर्ने र खेलको माध्यमबाटै गण्डकी प्रदेश सरकारलाई समृद्ध बनाउने सरकारको योजना रहेको छ,’ प्याब्सन लमजुङ ‘स्पोर्ट मिट–२०७५’ को उद्घाटन सत्रमा बोल्दै मन्त्री पुनले भनिन ।
खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले प्रदेशमै अन्तराष्ट्रियस्तरको बहुउद्धेश्यीय रंगशाला निर्माण, उच्च उचाईएको खेल मैदान निर्माण, खेल एकेडेमीको स्थापना, गल्फ र क्रिकेट खेल मैदान निर्माण गर्ने योजना बनाई बजेटिङ समेत गरेको उनले जानकारी गराइन ।

यसैगरी, उनले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्न प्रदेश सरकार त्यति धेरै सक्षम नरहेको उल्लेख गरेकी छिन । आवासीय विद्यालय सञ्चालन गर्न सकेमा हरेक विद्यालयमा खेल शिक्षक दिन सक्ने टुंगोमा सरकार पुगेको उनले बताइन ।
‘मैले मन्त्रालयमै खेलाडीहरुसंग खेल क्षेत्रको विषयमा छलफल गरेको छु । उहाँहरुबाट स्वस्थ नागरिक तयार गर्न हरेक विद्यालयमा एउटा खेल शिक्षक र खेल विषय आवश्यक रहेको तर्क आएको छ । जुन मनन योग्य छ । यसलाई पुरा गर्न गण्डकी प्रदेश अहिलेको परिस्थितीमा त्यति धेरै सक्षम छैन । तर आवासीय विद्यालय सञ्चालन गर्न सकेको खण्डमा भने हरेक विद्यालयमा एउटा–एउटा खेल शिक्षक दिनसक्ने टुंगोमा हामी छौँ,’ उनले स्पष्ट परिन ।
फरक प्रसंगमा, उनले गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, हाईड्रो र उद्योगको विकासलाई अघि बढाएको उल्लेख गरिन । ‘सरकारले आफ्नै विश्वविद्यालय सञ्चालन गर्ने निर्णय समेत गरेको छ,’ उनले थपिन ।
कार्यक्रममा बोल्दै नेकपा जिल्ला संयन्त्र लमजुङका सदस्य कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, जिसस संयोजक लोकराज पाण्डे, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेत, प्याब्सन लमजुङका अध्यक्ष तारानाथ घिमिरे, सदस्य ईश्वर पौडेल लगायतले बोल्दै खेल र खेलाडीको हितमा राज्यले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
प्याब्सन लमजुङका सह–सचिव ज्ञानेन्द्र शर्माका अनुसार ‘स्पोर्ट मिट’मा २५ नीजि विद्यालयका एक हजार बढि विद्यार्थी सहभागि छन् । ‘स्पोर्ट मिट’मा विभिन्न खेल हुनेछन् । भलिबल, ब्याडमिन्टन, टिटी खेल, बास्केटबल, १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर दौड, गणित दौड लगायतका खेल हुनेछन् । ‘स्पोर्ट मिट’मा विजेता समूहलाई आउँदो पौष २४ गते ‘प्याब्सन डे’को अवसरमा सम्मानित तथा पुरस्कृत गरिने उनले जानकारी दिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’