पोखरा । आउँदो मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको गण्डकी प्रदेशको चुनाबमा दुई प्यानल हुने पक्का भैसकेको छ । काँग्रेस निकट डेमोक्रेटिक र नेकपा निकट प्रोग्रेसिभ बिच प्रतिश्पर्धा हुने भएको छ । डेमोक्रेटिकबाट अध्यक्षमा ईन्जिनियर राजेश भट्टराईले उम्मेदवारी दिएका छन् भने आर्किटेक इञ्जिनियर बाबुराम भण्डारी प्रोग्रेसीभ समूहको अध्यक्ष छन् ।भट्टराई र भण्डारी दुवै जना इन्जिनियरिंग अध्ययन संस्थान,पस्चिमान्चल क्याम्पस लामाचौरमा अध्यापन पेशामा संलग्न छन् ।
डेमोक्रेटिक समूहको तर्फबाट उपाध्यक्षमा विनोद प्रसाद हेंज्यूले उम्मेदवारी दिएका छन् । सचिवमा सन्तोष जिसि, सहसचिवमा सन्तोषकुमार बराल र कोषाध्यक्षमा सरला श्रेष्ठको मनोनयन परेको छ ।
सदस्यहरुमा हरि प्रसाद अधिकारी, उदय राज ढुंगाना, सुरेन्द्र पौडेल, शंकर लामिछाने, दीपेन्द्र रावल, आनन्द सापकोटा, सुजन पण्डित, शंकर कंडेल, रमेश सुवेदी र सुश्मा बराल छन् । समूहबाट केन्द्रिय सदस्यमा रमेश बास्तोला उम्मेदवार बनेका छन् ।
प्रोग्रेसिभ समूहको उपाध्यक्षमा इञ्जिनियर धु्रवराज भट्टराई, सचिवमा इञ्जिनियर दीपक थापा, सहसचिव इञ्जिनियर विष्णुप्रसाद खनाल र कोषाध्यक्षमा इञ्जिनियर सोवितबहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रोग्रेसिभकै सदस्यमा इन्जिनियरहरु हरिकला थापा गुरुङ, केशव बस्नेत, कृष्ण प्रसाद पौडेल, हरि केसी, राम कुमार श्रेष्ठ, बिमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, सर्मिला गौतम र अनिश कुमार ढकालको उम्मेदवारी परेको छ ।
मंसिर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।नेपाल इन्जिनियर्स एसोसिएसनको गत बर्षको चुनाबमा ९ जनाको कार्यसमिति मध्ये सचिब पदमा प्रोग्रेसीभ समुहले जित हाँसिल गरेको थियो भने अध्यक्ष सहित अन्य सबै पदमा डेमोक्रेटिक समूह बिजयी भएको थियो ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग