तनहुँ । सभामुख कृष्णबहादुर महराले महोत्सवले भाषा, संस्कृति र पहिचानको संरक्षणमा सहयोग पुर्याएको बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा शुक्रबार देखि दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एबं पर्यटन महोत्सवको उद्घाटन गर्दै सभामुख महराले भाषा, संस्कृति इतिहाससँग जोडिएकोले प्रचारप्रसार र संरक्षण गर्नुपर्ने उनले बताए ।

महराले संस्कृति इतिहास हो यसलाई जोगाउन सबै आफ्नो ठाउँ बाट लाग्नुपर्ने उनले बताए । उनले भने, ‘आफ्नो संस्कृति पहिचान हो, आफ्नो पहिचान प्रचार नगरे लोप हुदै हराउछ ।’ महराले नेपालको संस्कृतिको प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय स्तरम्म पुर्याउनुपर्नेमा जोड दिए ।
देश अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले केही कानुन निर्माणमा ढिलाइ भएको सभामुख महराले बताए । सभामुख कृष्णबहादुर महराले तीन तहका सरकारबीच देखिएको अधिकार र स्रोत बाँडफाँटको समस्या समाधान हुन केही समय लाग्ने बताएका छन् ।
उनले संघीयता लागु भएपनि त्यसका जटिलता समाधान हुन समय लाग्ने बताए । ऐतिहासिक धर्म र संस्कृतिको राज्यले उचित संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सांसद केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ,कलिला खान, प्रदेशसभा सदस्य डोवाटे विक, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित शुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने, लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको मूल संयोजक वसुन्धरा घर्तीले जानकारी दिइन् ।
महोत्सवको नाफाबाट महासङ्घको निर्माणाधीन भवन सम्पन्न गर्ने र आदिवासी जनजाति सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा विभिन्न जातीय घरहरु निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष एवं महोत्सव मूल समारोहकी संयोजक बसुन्धरा घर्तीले बताइन् ।
महोत्सवमा मगर, गुरुङ, दरै, बोटे, कुमाल, भुजेल लगायतका जातीय घरहरु निर्माण गरिएको संयोजक घर्तीले बताइन् । यसपालिको महोत्सव स्थलभित्रै आदिवासीको गाउँ बनाइएको समेत उनले बताइन ।
महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष लगायतका गरी २१० स्टल छ ।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा गायक पशुपति शर्मा, बद्री पंगेनी, बिमाकुमारी दुरा, मेलिना राई, प्रिती आले, रामजी खाँड लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा मंगलबार सार्वजनिक बिदा
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति