कावासोतीमा सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कावासोतीमा सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Balat

कमला राना मगर, नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले सात वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका–३ निवासी ५३ वर्षका मोक्तान कोइला भन्ने सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले गत असोज महिनामा ती बालिकालाई करणी गरेर फरार रहेका थिए । प्रहरीले उनलाई खोज तलास गर्दा गैँडाकोट नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानले जानकारी दिए ।

उनलाई अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको लामिछानेले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ