उसाे त मिस नेपाल २०१८ को ताज पहिरिएसँगै हेटाैंडाकी चेली शृंखला खतिवडाको चर्चा चुलियाे । यस वर्षको मिस वर्ल्डमा सहभागी बन्दै उनी यतिबेला चीनको सान्यामा छिन्। सामाजिक सञ्जालमार्फत शृंखलाले लगातार आफ्नो गतिविधि जानकारी गराउँदै छिन्।
उनले पोस्ट गरेका फोटो, भिडियो र स्टेटस भाइरल भएको छ। शृंखला कहिले सहभागीहरूसँग रमाइलो गरेको फोटो राख्छिन् त कहिले नाच्दै गाउँदै गरेको। उनले अन्य सहभागी सुन्दरीहरूलाई नेपाली बोल्न सिकाएका भिडियोहरू पनि धेरैले मन पराएका छन्। पेसाले आर्किटेक्ट शृंखलाको इन्ट्रोडक्सन भिडियो पनि भाइरल भएको थियो।
ब्युटी विथ प्रपस टाइटलमा उनले चेपाङ समुदायका लागि स्वास्थ्य भवन निर्माण गरेकी थिइन्। उक्त भवन शृंखला आफैंले डिजाइन गरेकी हुन्। यस वर्षको मिसवर्ल्डमा एक सय २१ प्रतिस्पर्धी छन्। प्रतियोगितामा उनी उत्कृष्ट ३० मा छनोट भइसकेकी छन्। क्षमता र सुन्दरता दुवै भएकी शृंखलालाई यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूले पच्छ्याइरहेका छन्।

मिस नेपाल बनेदेखि नै मोडलिङ र फिल्म नगर्ने बताइसकेकी शृंखलाले यो वर्ष नयाँ विषयवस्तुका साथ मिसवर्ल्डमा सहभागी भएकी छन्। उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमि भएकी शृंखलाको मिसवर्ल्ड यात्रालाई पूरै विश्वले निकै चासोको रूपमा लिएको छ। शृंखलाको चर्चा चुलिएसँगै उनीबाट नेपालीले धेरै आशा गरेका छन्।
भोटिङमा मिस नेपाल शृंखला सबै सहभागीमध्ये सबैभन्दा अगाडि छिन्। मल्टिमिडिया अवार्डका लागि भाेटिङ गर्ने समय बढाएर डिसेम्बर ८ पुर्याइएकाे छ ।
हेड टु हेड च्यालेन्जका लागि भोटिङ अवधि बुधबारसम्म मात्र थियो। यसमा उनी समूह १३ बिजेता बन्दै टप २० मा छनाैट भइसकेकी छिन् । मिस वर्ल्ड २०१८ को ग्रान्ड फिनाले ८ डिसेम्बर, शनिबारका दिन हुँदैछ।

सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु