किरण श्रेष्ठ, तनहुँ । शनिबार साँझ चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका वडा नं. २ ढल्केबरका १० बर्षिय अमृत गुरुङ्गको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
साँझ ६ बजे खाना खाएर हात धुन आगनमा निस्केका गुरुङलाई चिुतवाले आक्रमण गरि घाइते बनाएको र उपचारको क्रममा लक्ष्मि अस्पताल डुमेमा मृत्यु भएको स्थानीयले बताएका छन् ।
सो घटना पछि भानु नगरपालिका वडा नं २ ढल्केबरमा चितुवाको आक्रमणबाट बलकको मृत्यु पछि सो आसपासमा जंगलमा चितुवा खोज्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुखको सिद्धि विक्रम शाहले जानकारी दिए ।
यसअघि पनि भानु नगरपालिकामा चितुवाको अाक्रमणबाट २ बालबालिकाले ज्यान गुमाई सकेका छन् । कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका-४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । उक्त घटना भएको १७औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
कार्तिक २९ गते भानु ४ कि ४ बर्षिय रन्जिता लम्सालको हत्या पश्चात् सुरक्षाकर्मीले चितुवाको खोजि गरेपनि फेला नपरेपछि छाडेको थियो । त्यस्तै मंसिर १ गते नै भानु नगरपालिका-२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो । तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए ।
यस्तै, गत वर्ष२०७४ फागुन १ गते भानु नगरपालिकाको वडा नं. ३ मा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको थियो ।
यो पनि पढ्नुहोस :
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा