विगत १४ वर्ष देखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आईरहेको ईजुकेशन प्लानेट पोखरा शाखाले आईतवार अस्ट्रेलियन युनिभर्सिटीज एसेसमेन्ट डे सम्पन्न गरेको छ। चिप्लेढुङाको सेलवेज टावर स्थित आफ्नै कार्यालयमा सम्पन्न भएको एप्लिकेसन डेको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले उद्घाटन गर्दै समय सुहाउँदो वैदेशिक शिक्षा लिनका लागि धेरै नेपाली विद्यार्थीहरु अस्ट्रेलिया जाने गरेको र यस्ता कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई धेरै कुराको जानकारी दिने वताएका छन्।
सहि परामर्शको अभावमा धेरै विद्यार्थीहरुले अस्ट्रेलिया पुगेर दु:ख पाईरहेको अवस्थामा स्वदेशमै सवै कुरा बुझ्न यस्ता खाले कार्यक्रम फलदायी हुने समेत वताए ।
अष्ट्रेलियाका ३० भन्दा वढी कलेज तथा युनिभर्सिटीहरुको प्रत्यक्ष सहभागीता सम्पन्न एप्लिकेसन डे मा करिव २१३ जना विद्यार्थीहरुले सहभागिता जनाएको ईप्लानेट पोखरा संस्थापक निर्देशक टि एन शर्माले जानकारी दिए।

अस्ट्रेलिया पढ्न जान चाहने प्लस टु, व्याचलर तथा मास्टर्स सकेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको एप्लिकेसन डे सोचे भन्दा पनि सफल भएको शर्माले जनाए। विद्यार्थीहरुले अस्ट्रेलियाका ३० भन्दा वढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु मार्फत आफू जान चाहेको कोर्स, लाग्ने शुल्क, लोकेशन, शिक्षा प्रणाली, भिजा प्रोसेसिङ लगायतका कुराहरु जानकारी लिएका थिए।
उच्च शिक्षाका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि धेरै फेयर भईरहेका छन्। तर अस्ट्रेलियन एडुकेशन संग सम्वन्धित सहि सुचना विद्यार्थी तथा अभिभावकले आफ्नो आवश्यकता अनुसार नपाएको गुनासो हामीले पाएको अवस्थामा विद्यार्थीहरुको आर्थिक र शैक्षिक स्थितिलाई सम्बोधन गर्न उनिहरुको सामर्थ्य अनुसार स्थान, कलेज, कोर्स लगायत अन्य कुराहरुको जानकारी अस्ट्रेलियन एप्लिकेसन डे ले गरेको सिनियर काउन्सिलर भिजन सुवेदीले वताए।

फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्पट स्कलरशिप तथा गिफ्ट ह्याम्परको समेत प्रदान गरिएको अपरेशन हेड जमुना सुवेदीले जानकारी दिईन्। काठमाडौंको वागवजारमा मुख्य कार्यालय रहेको संस्थाले पोखरा, चितवन, वुटवल तथा अस्ट्रेलियाको सिड्नी, मेलवर्न, पर्थ र एडिलेट गरि ४ वटा ठांउवाट विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो