पोखरा, २१ मंसिर । पोखरा सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसमा नयाँँ विद्यार्थीको स्वागत तथा मोटिभेशनल कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । क्याम्पसले ब्याचलर प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागतका साथै सबै विद्यार्थीलाई उत्प्रेरणामूलक कार्यक्रम राखेको हो ।
क्याम्पसका प्राध्यापक नगेन्द्र भण्डारी र पूर्व विद्यार्थी एवम् युवा वैज्ञानिक विकल्प ढुङ्गानाले मल्टिमिडिया प्रविधि मार्फत मोटिभेशनल स्पीच दिएका थिए । उक्त अवसरमा प्राध्यापक भण्डारीले विद्यार्थीले आफ्नो लक्ष्य तय गरेर सोहि लक्ष्य अनुसार योजना कार्यन्वयन गरि आफ्नो मार्गदर्शन तयार पार्न विद्यार्थीलाई प्रोत्साहित गरे ।
युवा वैज्ञानिक ढुङ्गानाले जिवनको मार्गदशनमा विभिन्न अवरोधहरु खडा हुन सक्ने भन्दै प्रत्येक अवरोधको सामना गर्न विभिन्न विकल्पको खोजि गर्नुपर्ने बताए ।
पोखरा मल्टिमोडल प्रा.लि.का अध्यक्ष लिलाधर बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्रमुख कृष्ण बहादुर के.सीले स्वागत गर्दै विद्यार्थीहरुले आफ्नो जिवनमा बैकल्पिक लक्ष्य निर्माण गर्दै अगाडि बढ्नु पर्ने विचार व्यक्त गरे । कार्यक्रमको संञ्चालन प्राध्यापक ध्रुब शर्माले गरेका थिए । सो अवसरमा कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग