तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँको साधारण सभा शुक्रबार दमौलीमा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए ।
चुमानले प्रदेश सरकार आम संचार नीति बनाउने तयारीमा रहेकोले प्रेसमैत्री कानुन बनाईने बताए । उनले सङ्घीयता सफल बनाउने जिम्मेवारी पत्रकारहरुको समेत रहेकोले सङ्घीयता सफल भए मात्रै देशको भविष्य सुन्दर हुने बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पत्रकारले निर्धक्क समाचार लेख्ने वातावरण नभए लोकतन्त्र खतरामा पर्ने बताए । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले सत्य तथ्य समाचार प्रवाह गरेर जनतालाई सुसुचित बनाउनु पत्रकारको कर्तव्य भएको बताए ।
पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, पूर्व अध्यक्षहरु प्रदीप काफ्ले, प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, डम्बर अधिकारी, नेपाल वार एशोशिएसन तनहुँका पूर्व अध्यक्ष शिवदत्त ढकाल, दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदिपराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थियो ।
साधारणसभाले सचिव उज्वल पौडेलको साङ्गठनिक र कोषाध्यक्ष प्रताप रानाको आर्थिेक प्रतिवेदन पास गरेको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्