पोखरा । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति शुक्रबार पोखरामा दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ। निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार महिना बितिसक्दा समेत सरकारले अपराधी पत्ता लगाउन तदारुकता नदेखाएको भन्दै दारि ग्याङ पोखराले न्यायको माग गर्दै सांकेतिक बिरोध प्रदर्शन गरेको छ ।
पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा सर्वसाधारणले समेत स्वत: स्फुर्त सहभागी भएका थिए । बार्सा नेपाल र पहिलो पाइलाले समेत सहयोग गरेको दारी ग्याङ पोखराका संयोजक बसन्त पहारी बताए ।
“बिरोध भन्ने बित्तिकै नाराबाजी, चक्काजाम, जुलुस नै प्रदर्शन गर्नुपर्दछ भन्ने छैन । सभ्य र मौन तरिकाले सांकेतिक भाषामा पनि बिरोध प्रदर्शनमा गर्न सकिन्छ भन्ने गतिलो उदाहरण आजको बिरोध प्रदर्शनने सिकाएको छ ।” संयोजक पहारीले बताए ।

युवाहरुले सांकेतिक बिरोध स्वरुप सरकारको दिमागको बत्ती कहिले बल्ने, सरकारको घैटोमा घाम लाग्ने कहिले?, के नेपालको कानुन सांचिकै अन्धो छ र? लगायतका नारा बोकेको ब्यानर, प्ले कार्ड बोकेका थिए । शान्त रुपमा अभियन्ताहरुले सांकेतिक बिरोध प्रदर्शन गरेका थिए ।

तस्बिरहरू :




सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो