पोखरा, २८ मंसिर । ‘विश्वास, सुरक्षा र सम्वृद्धि’ मूल मन्त्रका साथ व्यवसायिक कारोबार सुरु गरेको प्रभु लाईफ इन्स्योरेन्सले सामाजिक सेवामूलक कार्यक्रमका साथ आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय, पोखराले पनि स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका–५, बागे फड्के स्थित श्री मैदान माध्यमिक विद्यालयका ४३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अनुसारको न्यानो कपडा वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदाश शर्माको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक ठम नारायण लामिछाने तथा वडाध्यक्ष देउ कुमारी गुरुङ्गको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रभु लाईफ इन्स्योरेन्सका तर्फबाट प्रदेश संयोजक दुर्गानाथ पहारीले इन्स्योरेन्सका गतिविधि सम्बन्धमा जानकारी गराएका थिए ।
उनले सक्षम नागरिक र सम्मुनत समाजको विकासको मात्र समृद्ध देशको परिकल्पना गर्न सकिने भएकोले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर समाजमा विभिन्न खालका सामाजिक सेवाका कार्यक्रमहरु गर्दै आइरहेको र यसलाई निरन्तरता दिदैं जाने जानकारी गराए ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदाश शर्माले कम्पनीले ग्रामिण भेगमा आएर आफ्ना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएकोमा विद्यार्थीहरुले मात्र नभई सम्पूर्ण अभिभावकले पनि न्यानो महसुस गरेको भन्दै कम्पनीको उन्ननि तथा समृद्धिको कामना गरे ।

प्रभु लाइफ इन्स्योरेन्सले २०७४ मंसिर २८ गतेबाट आफ्नो व्यवसायिक कारोवार सुरुवात गरेको हो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ