पोखरा, २८ मंसिर । ‘विश्वास, सुरक्षा र सम्वृद्धि’ मूल मन्त्रका साथ व्यवसायिक कारोबार सुरु गरेको प्रभु लाईफ इन्स्योरेन्सले सामाजिक सेवामूलक कार्यक्रमका साथ आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स प्रदेश कार्यालय, पोखराले पनि स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका–५, बागे फड्के स्थित श्री मैदान माध्यमिक विद्यालयका ४३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अनुसारको न्यानो कपडा वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदाश शर्माको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक ठम नारायण लामिछाने तथा वडाध्यक्ष देउ कुमारी गुरुङ्गको विशेष उपस्थितिमा भएको कार्यक्रममा प्रभु लाईफ इन्स्योरेन्सका तर्फबाट प्रदेश संयोजक दुर्गानाथ पहारीले इन्स्योरेन्सका गतिविधि सम्बन्धमा जानकारी गराएका थिए ।
उनले सक्षम नागरिक र सम्मुनत समाजको विकासको मात्र समृद्ध देशको परिकल्पना गर्न सकिने भएकोले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर समाजमा विभिन्न खालका सामाजिक सेवाका कार्यक्रमहरु गर्दै आइरहेको र यसलाई निरन्तरता दिदैं जाने जानकारी गराए ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदाश शर्माले कम्पनीले ग्रामिण भेगमा आएर आफ्ना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएकोमा विद्यार्थीहरुले मात्र नभई सम्पूर्ण अभिभावकले पनि न्यानो महसुस गरेको भन्दै कम्पनीको उन्ननि तथा समृद्धिको कामना गरे ।

प्रभु लाइफ इन्स्योरेन्सले २०७४ मंसिर २८ गतेबाट आफ्नो व्यवसायिक कारोवार सुरुवात गरेको हो ।
सम्बन्धित खबर
तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला
पोखरामा खुँडा प्रहार गरी फरार युवा पक्राउ
वक्तृत्वकला प्रतियोगितामा गोगन माविकी सुजाता प्रथम
चुनाव भाँड्न खोज्नेकै माग अनुसार जनप्रिय क्याम्पस प्रशासनले रोक्यो निर्वाचन प्रक्रिया
पोखरा वडा नं. २१ का अध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ