पोखरा । नेपाल ईञ्जिनियर एशोसियसन गण्डकीमा प्रोग्रेसिभ ईञ्जिनियर एशोसिएसन नेपाल (पिन) को प्यानल नै विजयी भएको छ । शुक्रबार पोखरामा भएको अधिवेशनबाट नेकपा समर्थित ईञ्जिनियरहरुको एशोसिएसनले प्यानल नै जितेको हो ।
अध्यक्षमा आर्किटेक्ट ईञ्जिनियर बाबुराम भण्डारी ५ सय ६४ मत सहित विजयी भएका छन् । लोकतान्त्रिक समूहका राजेश भट्टराई ४ सय १५ मत ल्याएका थिए । उनीहरु दुवै जना पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा कार्यरत हुन् ।
ध्रुवराज भट्टराई उपसभापतिमा विजयी भएका छन् । उनले ५ सय ९२ मत लाएका छन् भने पराजित विनोद प्रसाद हेजूले ३ सय ८७ मत प्राप्त गरे । दीपक थापा सचिवमा विजयी भएका छन् । उनले ५ सय ८८ मत ल्याएका छन् भने सन्तोष जिसी ३ सय ९४ मत ल्याएर पराजित भए ।
सहसचिवमा विष्णुप्रसाद खनाल विजयी भए । उनले ५ सय ८४ मत ल्याएका छन् भने सन्तोषकुमार बरालले ३ सय ८४ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा सोवित बहादुर क्षेत्री ५ सय १८ मत सहित विजयी भएका छन् भने सरला श्रेष्ठले ४ सय ३५ मत ल्याइन् ।
सदस्यमा पनि प्रोग्रेसिभ प्यानलबाटै विजयी भएका छन् । सदस्यका हरिकला थापा गुरुङ, डा। केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, शर्मिला गौतम र अनिशकुमार ढकाल विजयी भएका छन् । सबैभन्दा बढी मत शर्मिला गौतमले ल्याएकी छन् । उनको मत ६ सय ४ रहेको छ ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो