दमौली । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजना र प्रभु बैंक दमौली शाखाको सहकार्यमा आइतबार व्यास–१ भादगाँउ स्थित आदिकवि भानुभक्त क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सम्पन भएको छ ।

बैंकको सामाजिक उत्तरदात्यिव कार्यक्रम अन्र्तगत क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई लेखा व्यवस्थापन, बैङ्किङ सेवा तथा सुविधा र बैङ्कको महत्व बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको दमौलीका शाखा प्रमुख राजु रानाले बताए ।

“युवाहरुमा रकमको महत्व, बचत र उचित सदुपयोगका बारेमा जानकारी हुन अति आवश्यक भएको भन्दै वित्तिय साक्षरता कार्यक्रम गरेका हौँ रानाले भने” । कार्यक्रम रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षता र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
क्लबले गर्दै आएको सामाजिक कार्यहरुको चर्चा गर्दै हड्खलले रोट्रयाक्ट समाजका नमुना युवाहरुको जमात भएको बताए । आफुसँगै समाजलाई पनि सुखी र समृद्ध बनाउने अभियानमा जुटेका युवाहरुको सकारात्मक पक्षको सबैले सिको गनुपर्ने उनले बताए ।

कार्यक्रममा विश्वमा वित्तिय सारक्षरताको अवस्था, नेपालमा यसको स्थिती, पूजीँ, बचत , बचतको महत्व, बचत कहाँ गर्ने, बैंक खाता, बैंक कर्जा, बजेट निर्माण, बजेट निर्माणको आवश्यकता, डेविट कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड, चेकबुक लगायतका विषयमा शाखा प्रमुख राजु राना, रिलेसन अफिसर ग्रिवन ढुंगना र सुमेश श्रेष्ठले प्रशिक्षण दिएको क्लबले जनाएको छ ।

कार्यक्रममा रोटरी क्लबका वर्ष प्रेजिडेंट नोमिनी दामोदर भण्डारीले रोटरी र रोट्रयाक्ट क्लब क्लब र यसले गर्दै आएका कामका बारेमा जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन क्लबका सदस्य किरण श्रेष्ठले गरेका थिए । कार्यक्रममा १५० जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमका संयोजक विशाल श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्