पोखरा । मिस तामाङ पोखराको चौथो संस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको हो । सोहि कार्यक्रममा लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ म्युजिकल फेष्टिभल आयोजना गर्ने भएको छ ।
कार्यक्रम संयोजक तथा बैदाम तामाङ सेवा समाजका कोषाध्यक्ष जयन्ती मोक्तानका अनुसार अहिले प्रतियोगीहरुलाई विभिन्न प्रशिक्षण दिने काम सुरु भएको छ । मंसिर २९ गते एक समारोहका बीच प्रतियोगीहरुलाई तालिम शुभारम्भ कार्यक्रम भएको हो ।
प्रमुख अतिथि चलचित्र निर्माता तथा लेखक, पाइलट तथा कलाकार विजय लामाका पिता हेमबहादुर लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । महासचिव डोल्मा लामाका अनुसार पहिलो नेपाल आईडल बुद्ध लामाले बिशेष प्रस्तुति दिनेछन् । अहिले तयारी तीब्र रुपमा अघि बढिरहेको अध्यक्ष ज्याक तामाङले बताए ।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखरामा पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो संस्करण २०१८ मा कविता योञ्जनले ताज पहिरिन सफल भईन् ।
मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भिउर च्वाइस रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने संयोजक मोक्तानले बताईन् ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’