सूर्य तिमिल्सिना, पोखरा । हल्ट प्राइज-पश्चिमान्चल क्याम्पसको उपाधि टिम स्टोइकले हात पारेको छ । यो संगै उक्त टिमले हल्ट प्राइजको अर्को चरणमा सहभागी हुने अवसर पाउने छ । हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ ।
शनिबार पोखराको होटल स्नो ल्याण्डमा आयोजित कार्यक्रममा सहभागी १५ टिमले आफ्नो आइडिया प्रस्तुत गरेका थिए । युवा रोजगारी बिषयको थिममा केन्द्रित रहेर आयोजित उक्त प्रतिष्पर्धामा टिम हार्भेस्ट फस्ट रनर अप हुन सफल भएको छ।
आफ्नो आइडिया र सपनालाई मुर्त रुप दिन यो कार्यक्रम निकै नै फलदायी रहेको हल्ट प्राइज पश्चिमान्चल क्याम्पस निर्देशक निमेश बाबू ओलीले बताए ।

विल क्लिन्टन फाउन्डेसन द्वारा सन् २००९ देखि सुरु भएको बिश्वब्यापी यो प्रतिस्पर्धा को लागि यो बर्ष युवा रोजगारी बिषय छनौट गरिएको छ । दिइएको विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरीकी डलर पुरस्कार पाउनेछन् ।
हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ ।
नेपालबाट त्रिभुवन,काठमाडौ, पूर्वाञ्चल र पोखरा विश्वबिद्यालयबाट छनौटमा परेका एक एक टिम गरि ६ टिम दोश्रो राउन्डको लागि सनफ्रान्सिस्को,बोस्टन,टोरन्टो,क्यानडा , सिंगापुर लगायत २५ ठाँउमा जाने अबसर पाउने छन् ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला