हल्ट प्राइज – पश्चिमाञ्चल क्याम्पसको उपाधि ‘टीम स्टोइक’ लाई

हल्ट प्राइज – पश्चिमाञ्चल क्याम्पसको उपाधि ‘टीम स्टोइक’ लाई

हल्ट १

सूर्य तिमिल्सिना, पोखरा । हल्ट प्राइज-पश्चिमान्चल क्याम्पसको उपाधि टिम स्टोइकले हात पारेको छ । यो संगै उक्त टिमले हल्ट प्राइजको अर्को चरणमा सहभागी हुने अवसर पाउने छ  । हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ ।

शनिबार पोखराको होटल स्नो ल्याण्डमा आयोजित कार्यक्रममा सहभागी १५ टिमले आफ्नो आइडिया प्रस्तुत गरेका थिए  । युवा रोजगारी बिषयको थिममा केन्द्रित रहेर आयोजित उक्त प्रतिष्पर्धामा टिम हार्भेस्ट फस्ट रनर अप हुन सफल भएको छ।

आफ्नो आइडिया र सपनालाई मुर्त रुप दिन यो कार्यक्रम निकै नै फलदायी रहेको हल्ट प्राइज पश्चिमान्चल क्याम्पस निर्देशक निमेश बाबू ओलीले बताए ।

विल क्लिन्टन फाउन्डेसन द्वारा सन् २००९ देखि सुरु भएको बिश्वब्यापी यो प्रतिस्पर्धा को लागि यो बर्ष युवा रोजगारी बिषय छनौट गरिएको छ । दिइएको विषयमा आधारित भएर समस्या र त्यसको समाधान प्रस्तुत गर्ने उत्कृष्ट टिमले १० लाख अमेरीकी डलर पुरस्कार पाउनेछन् ।

हल्ट प्राइज फाउन्डेसनद्वारा आयोजित आइडिया कम्पिटिसनको अमेरीकामा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानुपर्ने छ ।

नेपालबाट त्रिभुवन,काठमाडौ, पूर्वाञ्चल र पोखरा विश्वबिद्यालयबाट छनौटमा परेका एक एक टिम गरि ६ टिम दोश्रो राउन्डको लागि सनफ्रान्सिस्को,बोस्टन,टोरन्टो,क्यानडा , सिंगापुर लगायत २५ ठाँउमा जाने अबसर पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds