काठमाडौं । सोमबार बिहान पोखराका लागि उडेको विमान अघिपछि जस्तै सामान्य अवस्थामै उडेको थियो । विमानका यात्रुहरु पनि आ-आफ्नो सिटमा थिए । सबै आफ्नै धुनमा ।
विमानको अन्तिम सिट खाली थिए । अन्तिममा एक दम्पती बसे । यात्रुले खासै चासो दिएनन् । सामान्यतया विमानका अगाडी सिटमा बस्नेहरुले पछाडी फर्केर नहेर्ने भएकोले त्यो दम्पतीमाथि कसैको पनि नजर परेन ।
विमान पोखरा विमानस्थलमा सोमबार बिहान करिब साढे ११ बजे ल्याण्ड गर्दा जब विमानमा पूर्वराजा रानी रहेको त्यतिबेला मात्र थाहा भयो, जतिबेला यात्रुहरु विमानबाट ओर्लिरहेका थिए । सोही विमानमा यात्रा गरहेका कलाकार महेश गोदारले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलसँग सेल्फि खिच्ने बिचार गरे । उनले सेल्फिका लागि अनुमति मागे । पूर्वराजाले मुस्कुराएर अनुमति दिए । गोदारले दुई वटा सेल्फि फोटो लिए । गाेदारले भने, ‘पहिला त विमानमा पूर्व राजा रहेको थाहा नै भएन । म पछाडीकै सिटमा नजिकै भएकाले थाहा पाएँ । मैले अनुमति लिएर सेल्फि खिचेँ ।’
सोमबारदेखि पूर्व राजाको पोखरा भ्रमण शुरु भएको छ । पोखरा विमानस्थलको वातावरण निकै फरक भए पनि विमानमा भने उनी सामान्य नागरिकको हैसियतमा थिए । गोदारले सामाजिक सञ्जाल फेसबुकमा पूर्व राजासँगको सेल्फि पोस्टसँगै लेखेका छन्, ‘रियो छमछमी ४ को अडिसनका लागि पोखरा जाने क्रममा पुर्व राजा ज्ञानेन्द्र संगै आजको यात्रा भए छ, राष्ट्रपति लाई प्राईभेट हेलिकप्टर राजा भने जनता कै हसियतमा।’ गोदारले भने, ‘विमानमा सबै चढिसकेपछि अन्तिममा आएर पछाडीको सिटमा पूर्वराजा रानी बसे । सामान्य नागरिक जस्तै । त्यहाँ कुनै विशेष व्यवस्था थिएन ।’
पोखरा विमान स्थलमा भने पूर्वराजाको स्वागतमा ठूलो भीड जम्मा भएको थियो । नेपालको राष्ट्रिय झण्डासहितको भीडले नारा पनि लगायो ‘गणतन्त्रलाई फाँसी दे, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ।’

-डीसीनेपालबाट
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा