-वीरेन्द्रकुमार मिश्र
सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
प्रमुख, सूचना प्रविधि महाशाखा
नेपाल सरकारले कसरी डिजिटल रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा ठोस कामको सुरुवात गर्दैछ । यसका लागि सरकारको तर्फबाट ५ वर्षमा नेपाललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने गरी गुरुयोजना तयार हुँदैछ । ‘डिजिटल ट्रान्सफर्मेशन इन फाइभ इयर्स’ तयार पारेर हामीले नेपाल सरकारलाई पेश गर्नेछौं । पारित भएपछि त्योअनुसारका कार्यक्रमहरु आउने छन् । कार्यक्रमसँगै त्यसको स्टेटस अडिट पनि गर्नेछौं ।
यसबाट अरु देशको तुलनामा नेपाल कहाँ पुग्ने भनेर मापन हुनेछ । यसका लागि हामीले डिजिटल नेपालको फ्रेमवर्कमा ८ ओटा मुख्य डोमेन राखेका छौं । र, ८० भन्दा बढी डिजिटल इनिसिएटिभहरु पहिचान गरिसकेका छौं । त्यसको डिटेल वर्क प्लान तयार भइरहेको छ । यो वर्षको नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान साकार पार्न आइसिटीलाई पनि प्राथमिकतामा राखिएको छ । अर्थात् देश समृद्धि गर्ने आधारमा सरकारले आइसिटीलाई औंल्याइसकेको स्थिति हो ।
आइसिटी क्षेत्रको विकासका लागि प्रमुखतः पूर्वाधार विकास नै पहिलो शर्त भएर आउँछ । पूर्वाधार विकासमा सरकारले सन् २०२० सम्म देशमा ९० प्रतिशत जनसंख्यामा इन्टरनेट पहुँच पुर्याउने लक्ष्य राखेको छ । ७५ प्रतिशतभन्दा बढीमा डिजिटल साक्षरता पुर्याउने लक्ष्य राखेको छ । एक्सेससँगै एफोर्डेबिलिटीको पाटो पनि महत्वपूर्ण रुपले जोडिन पुग्छ । यदि हाम्रो कार्ययोजनासहित चुस्त काम हुने हो भने नेपालमा आइसिटी क्षेत्रले केही वर्षमै फड्को मार्ने आशा गर्न सकिन्छ । स्थानीय रुपमा आइसिटीको प्रयोग बढ्न थालेपछि आइसिटी इनेबल सर्भिसेसहरुको पनि वृद्धि हुन्छ । साथै रोजगारीको ब्यापाक सिर्जना गर्न सकिन्छ ।
अर्कोतर्फ देशको आइसिटी उद्योगलाई विश्वसँग जोड्न र प्रतिष्पर्धी बजारको सिर्जना गर्न विदेशी लगानीकर्ताहरु यहाँ आउन आवश्यक छ । बाहिरका लगानीकर्ताले नीतिमा मात्रै होइन, सरकारको पनि स्थायित्व खोज्छ । नीतिमा ‘फ्लेक्जिबिलिटी’ खोज्छ । नेपाल सकारले पनि हरेक क्षेत्रका नीति परिमार्जन गर्ने तयारी गरिरहेको छ । अरु देशको तुलनामा प्रतिष्पर्धी नीति आउने स्थिति बन्यो भने त्यो सुखद् हुनेछ । यसलाई कार्यान्वयन गराउन स्थायी सरकार बनेको छ । अब देश विकासतर्फ लागेकाले आइसिटीसँग जोडिएका विषयलाई पनि आत्मसात गर्दै लैजानुपर्ने देखिन्छ ।
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु