साहसिक यात्रामा रुची राख्ने पोखरेली युवाहरु सिक्लेस पुग्दा गाउँले दंग परे । मान्छे समेत हिँड्न कठिन हुने सिढीं सिढीं भएका बाटोमा उनीहरुले बाइक कुदाउँदा सिक्लेसीहरु अचम्मित बने । ओजोन एक्स्पेडिसन नेपालमा आबद्ध युवाहरु यसरी जोखिमपूर्ण यात्रामा निस्केका हुन् ।
आफ्नो ज्यानको परवाह नगरी सिक्लेसको भ्यू प्वोइन्टसम्मै बाइक लगेर युवाहरु पोखरा फर्केका छन् । सिक्लेसबासीले ‘यस्तो बाटो नै नभएको ठाउँ किन आउनुभएको ?’ भनेर सोध्दा राइडरहरुको जवाफ हुन्थ्यो – ‘बरु यस ठाउँमा बाटो नबनाउनुस् है । यस्तै रहन दिनुहोला । हामी ३०–४० जनाको समूह फेरि आउनेछौं ।’
उनीहरुको जवाफले सिक्लेसबासी प्रशन्न छन् । आफ्नो गाउँमा आएका पाहुनाहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको भन्दै उनीहरुले राइडरहरुलाई सक्दो सहयोग समेत गरे । पर्यटकीय गाउँ सिक्लेसबाट हिमश्रृखंला हेर्न पाउनुका साथै सात सय भन्दा बढी घरहरु रहेकाले गाउँ मनोरम छ । यसअघि राराताल, लोमान्थाङसम्मको यात्रा गरिसकेको संस्थापक महेन्द्र गुरुङले जनाए ।
पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसा गर्ने उद्देश्यका साथ नै ओजोन एक्स्पेडिसन टीमले जोखिम र रमाईलो यात्रा सुरु गरेको गुरुङले बताए । सरकारले नेपाल पर्यटन वर्ष २०२० मनाउने तयारी गरिरहँदा यो अफ रोड मोटरबाइक राइड शैलीले पनि यसमा सहयोग पु¥याउने यो टीमको ठहर छ ।
सिक्लेसमा क्याप्चर गरिएका तस्विरहरु फोटो पत्रकार सञ्जय शाक्यबाट ।








सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु