बाटो छैन बाइक ! (फोटो फिचर)

बाटो छैन बाइक ! (फोटो फिचर)

2

साहसिक यात्रामा रुची राख्ने पोखरेली युवाहरु सिक्लेस पुग्दा गाउँले दंग परे । मान्छे समेत हिँड्न कठिन हुने सिढीं सिढीं भएका बाटोमा उनीहरुले बाइक कुदाउँदा सिक्लेसीहरु अचम्मित बने । ओजोन एक्स्पेडिसन नेपालमा आबद्ध युवाहरु यसरी जोखिमपूर्ण यात्रामा निस्केका हुन् ।

आफ्नो ज्यानको परवाह नगरी सिक्लेसको भ्यू प्वोइन्टसम्मै बाइक लगेर युवाहरु पोखरा फर्केका छन् । सिक्लेसबासीले ‘यस्तो बाटो नै नभएको ठाउँ किन आउनुभएको ?’ भनेर सोध्दा राइडरहरुको जवाफ हुन्थ्यो – ‘बरु यस ठाउँमा बाटो नबनाउनुस् है । यस्तै रहन दिनुहोला । हामी ३०–४० जनाको समूह फेरि आउनेछौं ।’

उनीहरुको जवाफले सिक्लेसबासी प्रशन्न छन् । आफ्नो गाउँमा आएका पाहुनाहरुलाई स्वागत गर्न आफूहरु आतुर रहेको भन्दै उनीहरुले राइडरहरुलाई सक्दो सहयोग समेत गरे । पर्यटकीय गाउँ सिक्लेसबाट हिमश्रृखंला हेर्न पाउनुका साथै सात सय भन्दा बढी घरहरु रहेकाले गाउँ मनोरम छ । यसअघि राराताल, लोमान्थाङसम्मको यात्रा गरिसकेको संस्थापक महेन्द्र गुरुङले जनाए ।

 पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसा गर्ने उद्देश्यका साथ नै ओजोन एक्स्पेडिसन टीमले जोखिम र रमाईलो यात्रा सुरु गरेको गुरुङले बताए । सरकारले नेपाल पर्यटन वर्ष २०२० मनाउने तयारी गरिरहँदा यो अफ रोड मोटरबाइक राइड शैलीले पनि यसमा सहयोग पु¥याउने यो टीमको ठहर छ ।

सिक्लेसमा क्याप्चर गरिएका तस्विरहरु फोटो पत्रकार सञ्जय शाक्यबाट ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds