महेन्द्र जिसी, पर्वत । सर्वसाधारणसँग मोटो रकम लिएर नक्कली कागजात बनाएर विदेश पठाउने देखि प्रहरी रिर्पोटसम्म तयार पार्ने गुनासो आएपछि पर्वत प्रहरी सक्रिय बन्यो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुश्मा बजारका विभिन्न ईन्स्टिच्युटमा छापा मार्दा एक दर्जन बढीले यस्तो गैरकानुनी काम गरिरहेको फेला परेको छ ।
सरकारी छापको दुरुपयोग र कार्यालय प्रमुखको किर्ते हस्ताक्षर गर्ने गरेको जनगुनासो आउन थालेपछि प्रहरीले इन्सिच्युटमा छापा मारेको हो ।प्रहरीले सदरमुकाम कुश्मा बजारका १ दर्जन भन्दा बढि ईन्स्टिच्युटमा छापा मारेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको नामबाट सरकारी प्रमाणहरु बनाउने गिरोहलाई प्रकाउ गरेपनि प्रहरीले उनीहरुको नाम खुलाएको छैन । प्रहरीले कति जनालाई प्रकाउ गरेको छ भन्ने बारेमा पनि केही बोलेको छैन । सर्वसाधारणवाट मोटो रकम लिएर सरकारी छाप र कागजात किर्ते गरी नागरिकता, विवाह दर्ता, मुत्यु दर्ता, बसाईसराई र वैदेशिक रोजगारमा जाने सरकारी कागजात बनाई बिक्री गर्ने गरेको पाईएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठका अनुसार न्यू मनकामना कम्प्युटर ईन्स्टिच्युटबाट ठुलो संख्यामा सरकारी छाप र नक्कली सरकारी कागजात बरामद गरिएको छ । श्रेष्ठका अनुसार उनीहरुलाई बिहीवार मुद्धा दर्ता गरिदैंछ ।
प्रहरी निरिक्षक राजन रायमाझीका विस्तृत अनुसान्धान पछि मात्रै नियन्त्रणमा भएका व्याक्तिको नाम र बरामद गरिएका समानको सार्वजनीक गरीने भएको हो । घटनाको विषयमा बुझ्न खोज्दा प्रहरीले यो बिषयलाई लुकाउन खोजे जस्तो देखिन्छ । प्रहरीले गरेका अन्य गतिविधि तुरुन्तै सार्वजनिक गर्ने पर्वत प्रहरीले यो घटना भने सार्वजनिक नगर्दा घटनालाई फरक ढंगबाट विश्लेषण गर्न थालिएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?