पोखरा। पैसा साथमा भएन । बजार निस्कने समय भएन । अब चिन्ता लिनुपर्दैन । किस्ताकिस्तामा तिर्न मिल्ने गरी अनलाइन सपिङ स्टोर फेवाबजार डटकमले ई–कमर्स सुरु गरेको छ । त्यो पनि शुन्य ब्याजदरमा । उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले सेवा सुरु गरिएको हो।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै फेवाबजारको सेवा, सामान, गुणस्तर लगायतका विषयमा सञ्चालकहरुले जानकारी गराए । फेवाबजार डटकमका प्रमुख प्रबन्धक हरि त्रिपाठीले केही अनलाइन सपिङ स्टोरहरुको खराब प्रवृत्तिका कारण उपभोक्ताहरु मारमा परेको बताए । तिनै कुराहरुलाई चिर्दै गुणस्तरको सन्दर्भमा कुनै सम्झौता नगरी फेवाबजारले अर्डर अनुसारका सामान ग्राहकमाझ पुर्याउने उनको भनाई थियो ।
शाखा प्रमुख हरि कुँवरले फेवाबजारमा उपलब्ध हुने सामानहरुबारे जानकारी दिए । उनले फेवाबजार मार्फत सामान खरिद गर्दा इलेक्ट्रोनिक्समा २५, कपडामा २०, जुत्तामा ५, मोबाइलमा ३० र साहित्यीक किताबहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको सुनाए । हस्तकलाका सामाग्रीहरु पनि ग्राहकहरुले अर्डर गर्न सक्ने उनले जनाए।
सोही अवसरमा फेवा बजार र मेगा बैंक बिच इएमआई सम्झौता भएको छ । शाखा प्रबन्धक हरि कुवँर र मेगा बैंक पोखराका ब्रान्च मेनेजर धर्मदत्त शर्मा बिच सम्झौता पत्र आदान प्रदान गरिएको थियो ।
सम्झौता पश्चात् बौल्दै ब्रान्च मेनेजर शर्माले गण्डकी प्रदेशकैलागि यो नौलो प्रयोग रहेको जनाए । शून्य ब्याजदरमा यस सेवा उपलब्ध गराइएको उनले सुनाए ।
इएमआई अर्थात मासिक किस्तामा सामान खरिदबारे कार्यकारी प्रबन्धक गोविन्द आचार्यले प्रष्ट्याए । ‘फेवाबजार सबै तहका ग्राहकका लागि होस् भनेर यो सेवा ल्याएका हौँ’ उनले भने ‘२० हजार माथीको सामान खरिदका लागि ग्राहकहरुले मेगा बैंक मार्फत किस्तामा तिर्न सक्नुहुनेछ ।’
फेवाबजारका कार्यकारी निर्देशक सुजन आचार्यले पोखरामा नै पहिलोपटक इएमआई सेवा सुचारु गरिएको जनाए । ‘सामान खरिदकालागि घण्टौँ बजार चाहार्नुपर्ने बाध्यता अब रहँदैन । हाम्रो वेभसाइट फेवाबजार डटकम मार्फत यहाँहरुले सामान खरिद गर्न सक्नुहुनेछ । हामी सामाजिक संजाल मार्फत पनि अर्डर लिन्छौं’ उनले भने ।सुरुवाती चरणमा गण्डकी प्रदेश र काठमाडौँ उपत्यकामा सेवा सुचारु भैसकेको र स्थानहरु थप विस्तार गर्ने तयारी रहेको उनको भनाई थियो। उनले फेवाबजारले मासिक रुपमा विशेष छुटको समेत व्यवस्था गरेको बताए ।
कार्यकारी निर्देशक सुजन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रबन्धक हरि त्रिपाठीले स्वागत मन्त्ब्य ब्यक्त गरेका थिए ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’