पोखरा। पैसा साथमा भएन । बजार निस्कने समय भएन । अब चिन्ता लिनुपर्दैन । किस्ताकिस्तामा तिर्न मिल्ने गरी अनलाइन सपिङ स्टोर फेवाबजार डटकमले ई–कमर्स सुरु गरेको छ । त्यो पनि शुन्य ब्याजदरमा । उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले सेवा सुरु गरिएको हो।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै फेवाबजारको सेवा, सामान, गुणस्तर लगायतका विषयमा सञ्चालकहरुले जानकारी गराए । फेवाबजार डटकमका प्रमुख प्रबन्धक हरि त्रिपाठीले केही अनलाइन सपिङ स्टोरहरुको खराब प्रवृत्तिका कारण उपभोक्ताहरु मारमा परेको बताए । तिनै कुराहरुलाई चिर्दै गुणस्तरको सन्दर्भमा कुनै सम्झौता नगरी फेवाबजारले अर्डर अनुसारका सामान ग्राहकमाझ पुर्याउने उनको भनाई थियो ।
शाखा प्रमुख हरि कुँवरले फेवाबजारमा उपलब्ध हुने सामानहरुबारे जानकारी दिए । उनले फेवाबजार मार्फत सामान खरिद गर्दा इलेक्ट्रोनिक्समा २५, कपडामा २०, जुत्तामा ५, मोबाइलमा ३० र साहित्यीक किताबहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको सुनाए । हस्तकलाका सामाग्रीहरु पनि ग्राहकहरुले अर्डर गर्न सक्ने उनले जनाए।
सोही अवसरमा फेवा बजार र मेगा बैंक बिच इएमआई सम्झौता भएको छ । शाखा प्रबन्धक हरि कुवँर र मेगा बैंक पोखराका ब्रान्च मेनेजर धर्मदत्त शर्मा बिच सम्झौता पत्र आदान प्रदान गरिएको थियो ।
सम्झौता पश्चात् बौल्दै ब्रान्च मेनेजर शर्माले गण्डकी प्रदेशकैलागि यो नौलो प्रयोग रहेको जनाए । शून्य ब्याजदरमा यस सेवा उपलब्ध गराइएको उनले सुनाए ।
इएमआई अर्थात मासिक किस्तामा सामान खरिदबारे कार्यकारी प्रबन्धक गोविन्द आचार्यले प्रष्ट्याए । ‘फेवाबजार सबै तहका ग्राहकका लागि होस् भनेर यो सेवा ल्याएका हौँ’ उनले भने ‘२० हजार माथीको सामान खरिदका लागि ग्राहकहरुले मेगा बैंक मार्फत किस्तामा तिर्न सक्नुहुनेछ ।’
फेवाबजारका कार्यकारी निर्देशक सुजन आचार्यले पोखरामा नै पहिलोपटक इएमआई सेवा सुचारु गरिएको जनाए । ‘सामान खरिदकालागि घण्टौँ बजार चाहार्नुपर्ने बाध्यता अब रहँदैन । हाम्रो वेभसाइट फेवाबजार डटकम मार्फत यहाँहरुले सामान खरिद गर्न सक्नुहुनेछ । हामी सामाजिक संजाल मार्फत पनि अर्डर लिन्छौं’ उनले भने ।सुरुवाती चरणमा गण्डकी प्रदेश र काठमाडौँ उपत्यकामा सेवा सुचारु भैसकेको र स्थानहरु थप विस्तार गर्ने तयारी रहेको उनको भनाई थियो। उनले फेवाबजारले मासिक रुपमा विशेष छुटको समेत व्यवस्था गरेको बताए ।
कार्यकारी निर्देशक सुजन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रबन्धक हरि त्रिपाठीले स्वागत मन्त्ब्य ब्यक्त गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो