पोखरा । पोखरा मल्टिमोडल क्याम्पसमा अध्ययनरत विद्यार्थीले सामाजिक उत्तरदायित्व वहन गर्दै बृहत सरसफाई कार्यक्रम गरेका छन् ।

जिरो किलो मिटर, सृजनाचोक हुदै पृथ्वीचोक सम्म भएको उक्त सरसफाई कार्यक्रममा वडा नं. ८ बासीहरुलाई ‘आफ्नो घर आगन आफै सफा गरौ’ भन्ने सन्देश प्रदान गरिएको थियो । क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का व्यवस्थापन र विज्ञान संकायका साथै वि.वि.एस का विद्याथी लगायतको सहभागिता कार्यक्रममा थियो ।

पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले कार्यक्रमको उद्घाटन गर्दै क्याम्पसले गरेको कामको प्रशंसा गरे । यस्ता कार्यक्रमले विद्यार्थी तथा समाजमा सकरात्मक सोचको विकास हुने विचार ब्यक्त गरे ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी ले यस सरसफाइ अभियानले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको भावना विकास गरि योग्य नागरिक बन्न मदत पुग्ने विश्वास ब्यक्त गरे । उक्त कार्यक्रमको संयोजन वडा नं. ८ का सामाजिक कार्यकर्ता एवम यस क्याम्पसका सुभचिन्तक बलराम बरालले गरेका थिए ।

पोखरा मल्टिमोडल प्रा.लि का प्रबन्धक सञ्चालक राजकुमार गिरीले अतिथिहरुलाई स्वागत गरेका थिए । उक्त अवसरमा वडा नं. ८ का निर्वाचित अन्य प्रतिनिधिहरु किरण गौतम, लक्ष्मी कौशल, कृष्णमान ठुसाजु, पुष्पराज सिग्देल लगायतको उपस्थिती थियो ।









सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’