पोखरा । पोखरा मल्टिमोडल क्याम्पसमा अध्ययनरत विद्यार्थीले सामाजिक उत्तरदायित्व वहन गर्दै बृहत सरसफाई कार्यक्रम गरेका छन् ।

जिरो किलो मिटर, सृजनाचोक हुदै पृथ्वीचोक सम्म भएको उक्त सरसफाई कार्यक्रममा वडा नं. ८ बासीहरुलाई ‘आफ्नो घर आगन आफै सफा गरौ’ भन्ने सन्देश प्रदान गरिएको थियो । क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का व्यवस्थापन र विज्ञान संकायका साथै वि.वि.एस का विद्याथी लगायतको सहभागिता कार्यक्रममा थियो ।

पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले कार्यक्रमको उद्घाटन गर्दै क्याम्पसले गरेको कामको प्रशंसा गरे । यस्ता कार्यक्रमले विद्यार्थी तथा समाजमा सकरात्मक सोचको विकास हुने विचार ब्यक्त गरे ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादुर के.सी ले यस सरसफाइ अभियानले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको भावना विकास गरि योग्य नागरिक बन्न मदत पुग्ने विश्वास ब्यक्त गरे । उक्त कार्यक्रमको संयोजन वडा नं. ८ का सामाजिक कार्यकर्ता एवम यस क्याम्पसका सुभचिन्तक बलराम बरालले गरेका थिए ।

पोखरा मल्टिमोडल प्रा.लि का प्रबन्धक सञ्चालक राजकुमार गिरीले अतिथिहरुलाई स्वागत गरेका थिए । उक्त अवसरमा वडा नं. ८ का निर्वाचित अन्य प्रतिनिधिहरु किरण गौतम, लक्ष्मी कौशल, कृष्णमान ठुसाजु, पुष्पराज सिग्देल लगायतको उपस्थिती थियो ।









सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा