तनहुँ । २०७२ सालमा भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण कार्य तनहुँ जिल्लामा तिब्र गतिले भईरहेको छ । यसैक्रममा व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको एक कार्यक्रमका बिच मंगलबार सिलन्यास गरिएको छ ।
उक्त सिलन्यास कार्यक्रम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यान्वयन ईकाई शिक्षा तनहुँका प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाट र जग्गादाता स्वर्गिय ईश्वरीप्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

विद्यालयको भवन भुकम्पले जिर्ण बनाएपछि टालटुल गरे विद्यार्थीहरुलाई अध्ययन गराउनु परेको र ति भवनलाई बिस्थापित गर्नको लागि नयाँ भवनको आवश्यकता रहेको समयमा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) बाट भवन बनाउनको लागि रकम पर्नु निकै खुशीको कुरा रहेको र तोकेको समय अगावै भवन निर्माण सम्पन्न गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति मदन तिमल्सेनाले बताए ।
विद्यालयकी शिक्षिका मनु सापकोटाले संचालन गरेको कार्यक्रममा अभिभावक संघका अध्यक्ष बसन्त दरै, भवन निर्माण समितिका सल्लाहकार तिल बहादुर थापा, हरिविलास अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सुर्यप्रसाद क्षेत्री रानाभाटले शिक्षाको लागि भौतिक संरचना पहिलो अपरिहार्य भएकोले यस्ले विद्यालयको पठनपाठनमा पनि सहयोग पुग्ने भनाई राखेका थिए ।
६६ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनमा पाउदा पढ्न पाउने भएपछि बिद्यार्थीहरु पनि हर्षित भएको विद्यालयका शिक्षकहरुको बताएका छन् ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’