तनहुँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता पेशामा क्रियाशील नरहेका महासंघका सदस्यहरु लाई बिदाइ गर्ने निर्णय भएको बताएका छन् । उक्त निर्णय लाई व्यवहारमा समेत लागु गर्ने उनले बताए ।
प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ तनहुँ शाखाको संयोजनमा विहिबार दमौलीमा आयोजित “तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता” विषयक मिडिया संवादमा बोल्दै आचार्यले सो कुरा बताएका हुन् ।
नयाँ मिडिया दर्ता, वर्गीकरण र नविकरण स्थानीय तहबाट हुनुपर्ने उनले बताएका थिए । सिंह दरबारको अधिकार स्थानिय तहका सञ्चारमाध्यममा समेत लागु हुनेपर्नेमा उनले जोड दिए ।

पत्रकारले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने आचारसंहिता समेत बनाउन लागिएको आचार्यले बताएका छन् । पत्रकार साझा भएको हुदा पत्रकार जवाफदेहि हुनुपर्छ । पत्रकारले सामाजिक संजालमा के कुरा हाल्ने के नहाल्ने त्यो सम्बन्धि आचारसंहिता बनाउन लागिएको उनले बताए ।
कुनैपनि कुरा पुष्टी भैसक पछि मात्रै राख्नुपर्ने उनले बताए । कुनै पनि गलत सूचना सर्वसाधारणमा जानु नहुने उनको धारणा रहेको थियो । पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन/प्रशारण गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाउन आवश्यक रहेको उनले बताए ।
‘पत्रकारको सामाजिक संजाल आचारसंहिता बनाउन महासंघका पूर्वअध्यक्ष र विज्ञलाई मस्यौदा दिने तयारी गरेका छौँ, आगामी साधारणसभासम्म यसको टुङ्गो लाग्छ,’ उनले भने । त्यस्तै विधिवत रुपमा महासंघमा सुचिकृत नभएका मिडिया लाई महासंघको ठेक्का नलिएको समेत उनले बताए ।
स्थानिय स्तरको विज्ञापन स्थानिय संचार माध्यम लाई नै दिनुपर्ने उनले बताए । पत्रकारले सधै सरकारको प्रतिपक्षको भूमिका खेल्नुपर्ने उनले बताए ।
प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारले मिहेनत गरेर खोज पत्रकारिता गर्नुपर्ने बताए । पत्रकारले सत्य कर्म निरन्तर गर्दै सहि सूचना जनता माझ पुर्याउनु पर्छ भण्डारीले भने ।
त्यस्तै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खुल्ला समाजमा पत्रकारिता गर्न सजिलो रहेको बताए । अध्ययन र स्तरवृद्धिको तालिमको लागि स्थानिय तह नगरपालिकाले सहयोग गर्ने न्यौपानेले बताए ।
त्यसैगरि प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्माले पत्रकार राज्यको चौथो अंग हो यसले राज्यका तिन प्रमुख अंग लाई सहि मार्गमा ल्याउन सहयोग गर्ने उनले बताए । मोफोसलका पत्रकार कसरि बाचिरहेका छन् त्यसलाई पत्रकार महासंघ र प्रेस काउन्सिलले विशेष रुपमा ध्यान दिनुपर्ने उनले बताए ।
पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष विश्वबन्धु भण्डारी, प्रदीप काफ्ले, डम्बर अधिकारी, उपाध्यक्ष नारायण खड्का, सचिव उज्वल पौडेल लगायतले सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिनुपर्ने माग गरेका थिए । पत्रिकाको वर्गिकरणको आधारमा ऋण लिने व्यवस्था गरिनुपर्नेमा सहभागी पत्रकारहरुको जोड थियो ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’