तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ६ अम्रेनी स्थित इन्दु माध्यमिक विद्यालयमा समुदाय प्रहरी साझेदारीका भएको छ ।
शान्ति सुरक्षाका लागि समुदाय र प्रहरी बिचको सम्बन्ध बलियो बनाउन हातेमालो गरी गाँउका सबै टोलमा शान्ति सुरक्षाका लागि टोलदेखि वस्ती र विद्यालयदेखि विश्वविद्यालयसम्म कार्यक्रम लिएर जाने योजना अघि सारेको जिल्ला प्रहरि कार्यालय तनहुँका प्रवक्ता श्यामु अर्यालले बताएका छन् ।
“प्रहरी जनताको सुरक्षाका लागि हो, प्रहरी समुदायमा काम गर्छ, समुदाय र प्रहरी हरेक कार्यमा हातमालो गरी जान चाहन्छ, त्यसका लागि कार्यक्रम गरिएको हो”-प्रहरी सहायक निरिक्षक टिकाराम पोख्रलले बताए ।
यो कार्यक्रमलाई बलियो बनाउन स्थानीय तहसंग सम्झौता गरेकाले यसबाट शान्ति सुरक्षाको अवस्था बलियो र समुदायसंग प्रहरीको सम्बन्ध बलियो हने विश्वास व्यत्त गरेका थिए ।
समुदायक प्रहरी साझेदारी समितिमा विद्यालयका प्रधानध्यापक रामकाजी श्रेष्ठको संयोजकमा समिति गठन भएको हो । समितिमा सह–संयोजक सहायक प्रधानध्यापक बालचन्द्र वाग्ले, विद्यार्थीहरुको तर्फबाट अप्सरा श्रेष्ठ, सर्मिला सुनार, आकाश कुंवर र हरिसिर्जन भण्डारी चयन भएका हुन् ।
त्यस्तै अभिभावक तर्फ बाट परिमाया श्रेष्ठ र अशोक राना चयन भएका हुन् । कार्याक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त भण्डार, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावक लगायतको उपस्थित रहेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न