श्यामशितल परियार, लमजुङ । लमजुङमा स्व. प्रिंतीमान तामाङ स्मृति दोश्रो एकल तामाङ फुटबल प्रतियोगिता हुने भएको छ । तामाङ समुदायको मुख्य चाड मानिने सोनाम ल्होछारको अवसरमा यस फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
नेपाल तामाङ सँस्कृति घेदुङ लमजुङको आयोजनामा आउँदो माघ १२ देखी १५ गतेसम्म लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको डिडिसी ग्राउण्डमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा लमजुङभित्र रहेका विभिन्न तामाङ ईकाईहरुले सहभागिता जनाउन पाउनेछन् । स्वर्गीय प्रितीमान तामाङले आफ्नो जीवनकालमा साविक प्रदेश नं ४ को नेपाल तामाङ सँस्कृति घेदुङको संयोजक भई तामाङ समुदायको मौलिक सँस्कृति परम्परा जगेर्नामा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँको सम्झनामा दोश्रो पटक फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल तामाङ सँस्कृति घेदुङ लमजुङकी सचिव सम्झना तामाङले जानकारी दिइन ।
उनका अनुसार प्रतियोगितामा विजेता फुटवल समूहले ट्रफी, प्रमाणपत्रको साथमा नगद २० हजार रुपैयाँ पाउने छ । यसैगरी, उपविजेता फुटबल समूहले ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद १२ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिता सञ्चालनका लागि विभिन्न सघसघंस्था सहयोग मागिएको छ । देश–विदेशमा रहेका तामाङ समुदायका व्यक्तिले पनि प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याउने सचिव तामाङले बताइन । नेपाल तामाङ सँस्कृति घेदुङ लमजुङले सोनाम ल्होछार भने माघ २२ गते मनाउने भएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला