पर्यटकीय सहर पोखराको केन्द्रस्थल लेकसाइड प्रवेश गर्ने मार्ग आकर्षक बनाउन थालिएको छ । सबै खालका पर्यटक र स्थानीयलाई सडकयात्रा सहज र रमाइलो बनाउने गरी सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले सडक निर्माण थालेको हो । सो सडक निर्माणको जिम्मेवारी बिरुवा सिम्रन जेबीले पाएको छ । नयाँ पत्रिकाका लागि पोखराबाट पत्रकार गोविन्द सुवेदीले न्यूज लेखेका छन् ।
निर्माण कम्पनीले लेकसाइड प्रवेश मार्गको बिरौटा, मुस्ताङचोक र रत्नचोकबाट राष्ट्रबैंकचोक हुँदै सहिदचोकसम्म साइकल ट्र्याक, फुटट्र्याक र पोखराको ढल थेग्ने गरी नाला निर्माण गरिरहेको जनाएको छ । यस्तै, ड्यामसाइडदेखि रत्नचोक, ड्यामसाइदेखि बिरौटा र सहिदचोकदेखि मुस्ताङचोक गरी सडक सौन्दर्यकरणलाई तीन खण्डमा विभाजन गरेको निर्माण कम्पनीका प्रमुख बलबहादुर रानाले बताए । गुणस्तरीय निर्माण र काम समयमै सम्पन्न गराउन सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले निगरानी गरिरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सूर्यप्रसाद बरालले जानकारी दिए ।
साढे दुई किलोमिटर क्षेत्रको सो सडकको सौन्दर्य बढाउन बिरुवा सिम्रन जेबीले ७ करोड २० लाख ३ हजार ३ सय दुई रुपैयाँमा ठेक्का लिएको थियो । आगामी ६ असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी २ असार ०७४ मा सम्झौता भई काम सुरु भएको हो । हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको निर्माण कम्पनीको दाबी छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीले निर्माता कम्पनीलाई अहिलेसम्म ३ किस्तामा जम्मा ३ करोड ९८ लाख ९७ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी दिएको आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी बरालले जानकारी दिए ।
यस्तो बन्नेछ संरचना
सहिदचोकदेखि मुस्ताङचोकसम्म ड्रेन (नाला) र त्यसमाथि १ दशमलब ५ मिटर चौडा साइकल ट्र्याक बनेको छ । ट्र्याकमा मार्बलजस्तै देखिने एउटै साइजका ढुंगा छापिएको छ । यसैगरी, १ दशमलव २५ मिटर चौडा फुटपाथ बनाइएको छ । त्यसमा पनि सामान्य मार्बलजस्तो देखिने ढुंगा छापिएको छ । यसमा २ सय ५० मिटर लामो रिटेनिङ वाल लगाइनेछ । १२ वटा सोलार लाइट जोडिने र ८० वटा बिरुवा रोपिने निर्माण कम्पनीले जनाएको छ ।
४ सय ४० मिटर लम्बाइमा यी संरचना बन्ने छन् । यसैगरी ड्यामसाईड देखि रत्नचोकसम्म मा सोइढंगले १३ सय मिटर लामो साइकल ट्रयाक र फुटपाथ बन्दैछ । २० थान सोलार बत्ती र २ सय वटा विरुवा उक्त स्थानमा रोकिने छन् । यसैगरी ड्यामसाईड देखि विरौटासम्म ८ सय ३४ मिटर लम्बाईमा साइकल ट्रयाक, डे«न र त्यसमाथि स्ल्याव राखेर फुटपाथ निर्माण गरिने छ । उक्त स्थानमा १ सय ६६ वटा विरुवा रोपिने छ भने, १५ थान सोलार बत्ति जोडिने छ । हरेक ५÷५ मिटरको फरकमा असोका र कपुर लगायतका विरुवा रोप्ने सम्झौता भएको ईन्जिनियर बरालले जानकारी दिए । ठेकेदार कम्पनीको काम प्रति कार्यालय सन्तुष्ट रहेको र यहिढंगले काम भए तोकिएकै समयभित्रै काम सम्पन्न हुने उनले बताए ।
सम्बन्धित खबर
पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न
धादिङकी १६ वर्षीया किशोरी पोखराबाट ४ दिनदेखि बेपत्ता
महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण
हत्या आरोपी म्याग्दीका दुई फरार अभियुक्त २५ वर्षपछि पक्राउ
रोटरी क्लब अफ पोखरा अन्नपूर्णको २० औं पदस्थापन सम्पन्न
चलचित्र पत्रकार संघ कास्कीको २२ औं वार्षिकोत्सव सम्पन्नः पत्रकारिता, नेतृत्व र भविष्यका बहसहरूमा जोड
यो पनि पढौँ
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
बाल प्रतिभा आवासीय माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न