पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिव पहारीले आफ्नो सम्पूर्ण तलव भत्ता सामाजिक कार्यमा खर्चिएका छन् ।
प्रदेश सांसद पहारीले पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वापतको ११ महिनाको तलव सामाजिक कार्यमा खर्चिएको भन्दै त्यसको विवरण सार्वजनिक गरेका हुन् । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चलिरहँदा सांसद पहारीले भने आफूले राज्यबाट सांसदबाट पाउने सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गरेका हुन् ।
सांसद पहारीले ११ महिनामा आफूले सांसद बापत प्राप्त गर्ने मध्ये प्रशासनिक खर्च कटाएर ४ लाख ५० हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको उनले जानकारी दिए । पहारी गत वर्ष सम्पन्न प्रदेश सभाको चुनावमा तत्कालिन बाम गठवन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं ख बाट निर्वाचित भएका थिए ।
पहारीले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाईपको लागि ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति ६ लाई ८० हजार, वलात्कारपछी हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई १० हजार, विभिन्न आमा समूहलाई ४० हजार र कास्की खेलाडी संघलाई २३ हजार मूल्य बराबरको युरोगार्ड सहयोग गरेको जानकारी दिए । उनले पत्रकार महासंघ कास्कीलाईसमेत युरोगार्ड प्रदान गर्ने जानकारी दिए ।
त्यस्तै, पहारीले शनिबार सिद्ध आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, जनसिद्ध आधारभुत, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सृजना सामुदायीक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशिल मावि सल्यानलाई पिउने पानीका लागि एक÷एक थान युरोगार्ड सम्वन्धित विद्यालयका व्यवस्थापन समिति तथा प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरे । सांसद पहारीले फेवाताल संरक्षणका लागि वडा विकास समितिलाई ८० हजार र विभिन्न आमा समूहलाई ४० हजार सहयोग गरेको जानकारी दिए ।
सांसद पहारीले आफूले चुनावताका घोषणा गरेको प्रतिबद्धता अनुरुप सम्पूर्ण तलव सामाजिक कार्यमा खर्च गरेको बताए । उनले आगामी दिनमा पनि आफूले प्राप्त गर्ने सम्पूर्ण तलब सामाजिक कार्यमै खर्चिने घोषणा गरे ।
सरकारी विद्यालयमा आधुनिककता भित्रिनेगरी पूर्वाधार भएपनि स्वच्छ पिउने पानीको अभावमा विद्यार्र्थीहरु बिरामी पर्ने अवस्थाको अन्त्यका लागि आफूले युरोगार्ड प्रदान गरेको सांसद पहारीले प्रष्ट्याए ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’