दश दिनदेखि हराएकी किशोरी मृत भेटिईन्

दश दिनदेखि हराएकी किशोरी मृत भेटिईन्

Gita

कमला राना, नवलपुर । पश्चिम नवलपरासी स्थित भारतिय गण्डक पश्चिम नहरको सुर्यपुरा विद्युत गृह नजिकै एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् ।

मृतक सुस्ता गाउँपालिका वडा नं. २ कि १५ वर्षीय गीता हरिजन रहेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतले जनाए ।

पश्चिम करिब १० दिन देखी हराइरहेकी थिईन् । उनी पुस १५ गतेदेखि बेखबर रहेको परिवारको भनाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । शव भारतीय गण्डक पश्चिमी नहरको सुर्यपूरा बिद्युत गृह नजिकै पानीमा तैरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी जवान बिनोद चौधरी आफ्नो कामले बेलाटारीबाट सुर्यपुरा जाने क्रममा देखेका थिए ।

भारतीय गण्डक पश्चिमी नहरको पानीमा तैरिरहेको हरिजनको शवलाई हरिजनको परिवारले सनाखत गरेको र हरिजनको शवलाई आवश्यक अनुसन्धानका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक बस्नेतले बताए ।

हरिजनको मृत्युबारे केही खुल्न नसकेको र अनुसान्धान जारी रहेको समेत निरीक्षक बस्नेतले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ