पोखरा, ६ माघ । पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएकोछ ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने संचालक अर्जुन गिरीले जानकारी दिए । माघ ७ गतेदेखी १४ गतेसम्म अपनिङ कार्यक्रम राखिएको संचालक गिरीले बताए । ‘ओपनिङको अवसरमा २० प्रतिशत छुट दिएका छौ,’ उनले भने ।
अर्का संचालक विजय लम्सालले मिठो परिकारका साथै लाइभ म्युजिक पनि राखिने जनाए । उनले भने ‘ ग्राहकको रोजाइ अनुसार खानामा विविधता पस्कन्छौं नै । सँगै लाइभ म्यूजिक पनि राखिने छ । सर्वसाधारण र सामान्य कामकाजीको गच्छेले भ्याउनसक्ने मूल्य निर्धारण गरेका छौं । तर गुणस्तर र सेवासत्कारमा सम्झौता गरेका छैनौं ।’
महेन्द्रपुल र चिप्लेढुंगामा सबैभन्दा बेसी खट्किने आवश्यकता पार्किङ हो । त्यसैलाई ख्याल गरी रेस्टुरेन्टमा गाडी र मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको सञ्चालक लम्सालले बताए । ‘गार्डेनको प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ, पन्थी गल्ली र पराजुली मार्गको बीच भाग हुँदै गार्डेन पछाडि गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरेका छौँ’ उनले भने ।
किनमेल लगायत कामका लागि बहुसंख्यक पोखरेलीलाई पायक पर्ने चिप्लेढुंगा इलाकामा क्याफे दी गार्डेनमा जस्तो पार्किङ सुविधा अन्त नरहको उनको दाबी छ । क्याफे दी गार्डेनमा बर्थ डे, विवाह र ब्रतबन्ध र चाडपर्वका पार्टी, सेमिनार, तालिम लगायत विविध कार्यक्रम गर्न १ सय ५० क्षमताको हल रहेको र आगामी दिनमा ५ सय क्षमताको हल निर्माण गर्ने योजना रहेको समेत जनाइएको छ ।
७० लाखको लगानिमा नयाँ व्यवस्थापनसहित स्तर वृद्धि गरि सेवासत्कार र खानाको हाइजिनलाई प्राथमिकतामा राखिएको संचालकद्वय गिरी र लम्सालले सुनाए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?