पोखरा, ६ माघ । पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएकोछ ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने संचालक अर्जुन गिरीले जानकारी दिए । माघ ७ गतेदेखी १४ गतेसम्म अपनिङ कार्यक्रम राखिएको संचालक गिरीले बताए । ‘ओपनिङको अवसरमा २० प्रतिशत छुट दिएका छौ,’ उनले भने ।
अर्का संचालक विजय लम्सालले मिठो परिकारका साथै लाइभ म्युजिक पनि राखिने जनाए । उनले भने ‘ ग्राहकको रोजाइ अनुसार खानामा विविधता पस्कन्छौं नै । सँगै लाइभ म्यूजिक पनि राखिने छ । सर्वसाधारण र सामान्य कामकाजीको गच्छेले भ्याउनसक्ने मूल्य निर्धारण गरेका छौं । तर गुणस्तर र सेवासत्कारमा सम्झौता गरेका छैनौं ।’
महेन्द्रपुल र चिप्लेढुंगामा सबैभन्दा बेसी खट्किने आवश्यकता पार्किङ हो । त्यसैलाई ख्याल गरी रेस्टुरेन्टमा गाडी र मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको सञ्चालक लम्सालले बताए । ‘गार्डेनको प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ, पन्थी गल्ली र पराजुली मार्गको बीच भाग हुँदै गार्डेन पछाडि गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरेका छौँ’ उनले भने ।
किनमेल लगायत कामका लागि बहुसंख्यक पोखरेलीलाई पायक पर्ने चिप्लेढुंगा इलाकामा क्याफे दी गार्डेनमा जस्तो पार्किङ सुविधा अन्त नरहको उनको दाबी छ । क्याफे दी गार्डेनमा बर्थ डे, विवाह र ब्रतबन्ध र चाडपर्वका पार्टी, सेमिनार, तालिम लगायत विविध कार्यक्रम गर्न १ सय ५० क्षमताको हल रहेको र आगामी दिनमा ५ सय क्षमताको हल निर्माण गर्ने योजना रहेको समेत जनाइएको छ ।
७० लाखको लगानिमा नयाँ व्यवस्थापनसहित स्तर वृद्धि गरि सेवासत्कार र खानाको हाइजिनलाई प्राथमिकतामा राखिएको संचालकद्वय गिरी र लम्सालले सुनाए ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा