स्याङ्जामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न तनहुँको शुक्लागण्डकी नगरपालिका-४ का प्रशान्त थापा, सोही ठाउँका विजय श्रेष्ठ, अञ्जन श्रेष्ठ र सिन्धुली पिपलमाडी गाउँपालिका-३ घर भई सोही ठाउँ बस्ने विक्रम राईलाई पक्राउ गरिएको हो।
माघे संक्रान्तिका दिन फोन मार्फत बोलाएर सामूहिक रुपमा जवरजस्ती करणी गरेको अभियोग उनीहरुमाथि छ । प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त प्रशान्त थापा हुन्। उनकै योजनामा स्थानीय ती किशोरीलाई यही माघ १ गते राति तनहुँकाे सिमानामा पर्ने स्याङ्जाको विरुवा गाउँपालिका-५ स्थित छेउडाँडा भन्ने स्थानमा बाेलाएर सामूहिक बलात्कार गरिएको हो।
अभियुक्त थापाले फोन सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर ती किशोरीलाई उक्त स्थानमा बोलाएका थिए। त्यसपछि ती किशोरीलाई करकापमा पारेर एवं डरत्रास देखाएर थापासहित चार जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।
घटनापछि फरार उनीहरूलाई स्याङ्जाका विभिन्न स्थानबाट पक्राउ गरिएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। साथै उनीहरूले प्रयोग गरेको ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। बालिकालाई करकापमा पारेर डरधम्की देखाइ पालैपालो जवरजस्ती करणीपछि भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
सम्बन्धित खबर
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल