स्याङ्जामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न तनहुँको शुक्लागण्डकी नगरपालिका-४ का प्रशान्त थापा, सोही ठाउँका विजय श्रेष्ठ, अञ्जन श्रेष्ठ र सिन्धुली पिपलमाडी गाउँपालिका-३ घर भई सोही ठाउँ बस्ने विक्रम राईलाई पक्राउ गरिएको हो।
माघे संक्रान्तिका दिन फोन मार्फत बोलाएर सामूहिक रुपमा जवरजस्ती करणी गरेको अभियोग उनीहरुमाथि छ । प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त प्रशान्त थापा हुन्। उनकै योजनामा स्थानीय ती किशोरीलाई यही माघ १ गते राति तनहुँकाे सिमानामा पर्ने स्याङ्जाको विरुवा गाउँपालिका-५ स्थित छेउडाँडा भन्ने स्थानमा बाेलाएर सामूहिक बलात्कार गरिएको हो।
अभियुक्त थापाले फोन सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर ती किशोरीलाई उक्त स्थानमा बोलाएका थिए। त्यसपछि ती किशोरीलाई करकापमा पारेर एवं डरत्रास देखाएर थापासहित चार जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।
घटनापछि फरार उनीहरूलाई स्याङ्जाका विभिन्न स्थानबाट पक्राउ गरिएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। साथै उनीहरूले प्रयोग गरेको ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। बालिकालाई करकापमा पारेर डरधम्की देखाइ पालैपालो जवरजस्ती करणीपछि भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
सम्बन्धित खबर
सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी नक्कली बनाउने ३ जना पक्राउ
काठमाडौँबाट माइक्रो बस चोरी गरेको आरोपमा स्याङ्जाका युवक पक्राउ
शनिबार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुँदै
अनेरास्ववियु स्थापना दिवसको अवसरमा वक्तृत्वकला, मोनिका प्रथम
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
रोजगारमैत्री प्रदेश निर्माणका लागि गण्डकी र बागमतीबीच अनुभव आदानप्रदान
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु