रियाज तिमिल्सिना, पोखरा । फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) मा ऐतिहासिक स्वतन्त्र विद्यार्थी परिषद् चुनाव यही माघ ११ गते हुँदैछ । धेरै लामो कसरतपछि निर्वाचन हुन लागेको हो ।
यसअघि, सन्तोष जिसी र सुदिप कोइरालाले स्वतन्त्र संस्थाको रुपमा रहेको एसएस पेककाे नेतृत्व लिईसकेका छन् । एसएस पेक पश्चात एसडब्ल्यूसी नामकाे स्वतन्त्र संस्थाका लागि चुनाव गर्न खाेजिएपनि सार्थक हुन सकेन । अहिले एसडब्ल्यूसीको पहलमा स्वतन्त्र विद्यार्थी परिषद्को चुनाव हुने पक्का भएको हो ।
स्वतन्त्र विद्यार्थी यूनियनकै चुनाव गर्न खोजिएपनि सम्भव भएन । चुनावमा विद्यार्थीहरु मज्जैले होमिएका छन् । नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा निकट अनेरास्ववियू प्यानल नै नयाँ नेतृत्व हत्याउन होमिनेछन् ।
अनेरास्ववियूले स्वतन्त्र बिद्यार्थी परिषद्को चुनावका लागि उम्मेदवार सार्वजनिक गरेको छ । किशोर चन्द्र सुवेदीको नेतृत्वमा अनेरास्ववियू चुनावी मैदान उत्रदैंछ । प्रत्यक्षतर्फ सचिवमा भीष्म पौडेल, कोषाध्यक्षमा रेखा केसी, सदस्यहरुमा सलिना गौतम, प्रकाश पुरी, केशव तिवारी, कृष्ण प्रसाद बस्ताकोटी छन् ।
यस्तै, समानुपातिकतर्फ उपसभापतिका लागि बिनय कार्की, सहसचिवमा सागर रानाभाट (समिप), सदस्यहरुमा रोशन बास्तोला र मौसम बरालको नाम सिफारिस गरिएको छ । अहिले दुवै तर्फका विद्यार्थीहरु आफ्नो पक्षमा माहौल बनाउन विभिन्न गतिविधि गरिरहेका छन् । अनेरास्ववियूले रक्तदान लगायतका कार्यक्रम गरिसकेको अनेरास्ववियु नेता सुनिलबाबु पोखरेलले बताए ।
https://www.facebook.com/mindkisor/videos/10210793954005032/



सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो