नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा भारी मात्रामा हिमपात भएको छ । दुई दिनसम्म लगातार हिमपात भयो । यसअघिका चारपटक भएको हिमपात भन्दा अहिले भारी मात्रा हो । अहिलेको हिमपात तिन बर्ष यता कै सबै भन्दा ठुलो मात्रामा हिमपात भएको स्थानीय सन्तोष लामाले बताए ।
हिमपातका कारण जनजिबन पुर्णरुपमा प्रभाबित भएको छ । जिल्ला भित्र चल्ने सवारी साधन समेत पर्ण ठप्प भएको छ । हिमपात भए पछि मनाङ जिल्लामा घुम्न आएका आन्तरिक तथा बाहिय पर्यटक भने हिउँमा खेल्न पाएको र रमाईलो भएको बताउछन काठमाडौ बाट मनाङ घुम्न आएका बिकास श्रैष्ठले बताए । उनिहरु बिशेष गरी हिउँ खेल्नै लागी यो समयमा आएको बताए ।

हिमपातका कारण सडक अवरुद्ध
मनाङ जिल्लामा गत ८ गते र ९ गते परेको भारी हिमपातका कारण मनाङ जिल्लाको सडक अवरुद्ध भएको छ । भारी हिमपात भए पछि सडक अवरुद्ध भएको हो जिल्लाको तल्ला भागहरुमा कम हिमपात भएकोले तल्ला भेगहरुमा भने खासै समस्या नभएको जनाईएको छ । मनाङ जिल्लाको नासोँ गाउँपालिकाको धारापानीबाट माथीका भेगहरुमा भारी मात्रामा हिमपात भएको हो ।

हिमपातका कारण हिउँदेबाली राम्रो हुने
जिल्ला भित्र भारी हिमपात भए पछि मनाङ जिल्लाका किसानहरु भने हर्षित भएका छन । हिमपातले हिउँदेबाली राम्रो हुने भएकाले मनाङका किसानहरु खुशि भएका हुन ।
यस अघि सम्म चार पटक खासै राम्रो हिमपात हुन नसके पछि किसानहरु चिन्तीत भएको र यस पटकको भारी हिमपात भए पछि हिउँदे बाली सप्रने भएको मनाङका स्थानीयबासी तथा किसान बलराम मगरले बताए । हिमपात भए पछि बाली र जमिनलाई मल र जल हुने भएकोले हिउँदे बाली राम्रो हुने स्थानीय कृषकहरुको भनाई छ ।


सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु