नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा भारी मात्रामा हिमपात भएको छ । दुई दिनसम्म लगातार हिमपात भयो । यसअघिका चारपटक भएको हिमपात भन्दा अहिले भारी मात्रा हो । अहिलेको हिमपात तिन बर्ष यता कै सबै भन्दा ठुलो मात्रामा हिमपात भएको स्थानीय सन्तोष लामाले बताए ।
हिमपातका कारण जनजिबन पुर्णरुपमा प्रभाबित भएको छ । जिल्ला भित्र चल्ने सवारी साधन समेत पर्ण ठप्प भएको छ । हिमपात भए पछि मनाङ जिल्लामा घुम्न आएका आन्तरिक तथा बाहिय पर्यटक भने हिउँमा खेल्न पाएको र रमाईलो भएको बताउछन काठमाडौ बाट मनाङ घुम्न आएका बिकास श्रैष्ठले बताए । उनिहरु बिशेष गरी हिउँ खेल्नै लागी यो समयमा आएको बताए ।

हिमपातका कारण सडक अवरुद्ध
मनाङ जिल्लामा गत ८ गते र ९ गते परेको भारी हिमपातका कारण मनाङ जिल्लाको सडक अवरुद्ध भएको छ । भारी हिमपात भए पछि सडक अवरुद्ध भएको हो जिल्लाको तल्ला भागहरुमा कम हिमपात भएकोले तल्ला भेगहरुमा भने खासै समस्या नभएको जनाईएको छ । मनाङ जिल्लाको नासोँ गाउँपालिकाको धारापानीबाट माथीका भेगहरुमा भारी मात्रामा हिमपात भएको हो ।

हिमपातका कारण हिउँदेबाली राम्रो हुने
जिल्ला भित्र भारी हिमपात भए पछि मनाङ जिल्लाका किसानहरु भने हर्षित भएका छन । हिमपातले हिउँदेबाली राम्रो हुने भएकाले मनाङका किसानहरु खुशि भएका हुन ।
यस अघि सम्म चार पटक खासै राम्रो हिमपात हुन नसके पछि किसानहरु चिन्तीत भएको र यस पटकको भारी हिमपात भए पछि हिउँदे बाली सप्रने भएको मनाङका स्थानीयबासी तथा किसान बलराम मगरले बताए । हिमपात भए पछि बाली र जमिनलाई मल र जल हुने भएकोले हिउँदे बाली राम्रो हुने स्थानीय कृषकहरुको भनाई छ ।


सम्बन्धित खबर
स्याङ्जामा फरार दोषी पक्राउ
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने