आइतबार राति पृथ्वीराजमार्गको बन्दिपुर गाउँपालिका बिमलनगरबाट तनहुँ प्रहरीले भारी मात्रामा लागु औषध सहित ३ व्यक्ति पक्राउ गरेको छ ।
सुनौलीबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ७१०५ को रात्री बसमा सवार धर्मेन्द्र मल्लाहको साथबाट लागूऔषध पक्रिएपछि उनकै बयानका आधारमा प्रहरीले धादिङ घर भई हाल पोखरा ८ बस्दै आएका १८ वर्षीय बिशाल थापा मगर र उनका साथी गोरखा घर भई हाल पोखरा ८ बस्ने बर्ष १८ को मनिष कुँवरलाई पक्रउ गरेको हो । रुपन्देही सम्मरीमाई गाउँपालिका ५ घर भएका २७ वर्षीय मल्लाहको पेट र कम्मरको भागबाट पत्रिकामा बेरी राखेको राखेको अवस्थामा प्रहरीले लागु औषध फेला पारेको हो ।

पक्रउ परेकासंग थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गोप्य सूचनाको आधारमा प्रहरीले बिमलनगरमा आकस्मिक चेक पोइट खडा गरेको थियो । प्रहरीले मल्लाहको शरीर तलासी लिदा उनको साथबाट डाईजेपाम सिसि १०० एम्पुल, फेनरागन सिसि १०० एम्पुल र नुफिन सिसि १०० एम्पुल गरी जम्मा ३०० थान लागु औषध बरामद गरीएको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा धर्मेन्द्र मल्लाहले उक्त लागु औषध आफ्नो नभएको बताएका हुन् । उनले लागु औषध कास्की पोखरा बस्ने बिशाल थापा मगर र मनिष कुँवर भन्ने ब्यक्तीले आफुलाई आइएमइ बाट पैसा पठाई मगाएको प्रहरी सामु बताएका हुन् ।
राजेन्द्र परियार/दमौलीबाट ।
http://gandaknews.com/laguausadh/
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु